हङकङ सुपर सिक्समा नेपाल यूएईसँग पराजित भएको छ । आज (१८ कात्तिक) बिहान भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ९५ रनको लक्ष्य यूएईले ४ बल बाँकी छँदै एक विकेटमात्रै गुमाएर पूरा गरेको हो ।
यूएईका लागि कप्तान आशिफ खानले ५५ रन बनाए । उनले १५ बलमा ३ चौका र ७ छक्का हाने भने अंश टण्डनले ९ बलमा १ चौका र २ छक्का प्रहार गरी २३ रन बनाउँदा खालिद साहले १५ रन बनाए । नेपालका रसिद खानले एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएर ९४ रन बनाएको थियो । विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ४९ रन बनाए । लोकेश बमले १९ र प्रतिश जिसीले १४ रन बनाए । कप्तान सन्दीप जोरा ७ रन र रसिद खान शून्यमा आउट भए । बलिङतर्फ यूएईका अकिफ राजाले २ र सन्चित शर्माले १ विकेट लिए ।
नेपालले यसअघि समूह चरणको खेलमा इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको थियो भने क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।
प्रतिक्रिया