मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिएकी छन् ।
मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७.८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ५४.१९ मतसहित अग्रता कायम गरेकी छन् भने राष्ट्रपतिका मुख्य दाबेदार पूर्व महान्यायाधिवक्ता अलेक्जेन्डर स्टोयानोग्लो ४५.८१ प्रतिशत मत प्राप्त गरेका छन् ।
मत परिणाम हेर्दा इयू निकट राष्ट्रपति सन्दुको बिजय करिब सुनिश्चत भएको छ, यद्यपि, मतगणना जारी छ ।
निर्बाचनलाई इयूनिकट उम्मेदवार सन्दु र रूस निकट स्टोयानोग्लाबीचको प्रतिस्पर्धालाई इयू र रूस दुबैले प्रतिष्ठाको विषय बनाएका छन् ।
प्रतिक्रिया