कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैछन् । दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गर्दैछन् ।
रिपब्लिकन ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि ‘पहिरो’ जितको वाचा गरेका छन् भने डेमोक्रेट ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने प्रयासमा ‘गति’ आफ्नो पक्षमा रहेको बताएकी छन् ।
तथापि मतदान दिवसको पूर्वसन्ध्यामा सर्वेक्षणहरूले फरक कथा बताउँछन्- राष्ट्रिय स्तरमा र निर्णायक सात स्विङ राज्यहरूमा पूर्ण गतिरोध देखिएको छ ।
दुई पटक ट्रम्पको हत्या प्रयास र ह्यारिसको आश्चर्यजनक ढिलो प्रवेशसहितको नाटकीय मोड लिएको यो दौड अब सबैभन्दा कडा लडाइँ भएको क्षेत्रमा केन्द्रित हुँदैछ ।
ह्यारिसले पूरै दिन रस्ट-बेल्ट राज्य पेन्सिलभेनियामा प्रचार गर्नेछिन् र फिलाडेल्फियामा गायिका लेडी गागासहितको विशाल ऱ्यालीमा समापन गर्नेछिन् । ट्रम्प नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र त्यसपछि मिशिगन पुग्नेछन् ।
पेन्सिलभेनिया कति महत्त्वपूर्ण छ भन्ने सङ्केतका रूपमा ट्रम्प र ह्यारिस दुवैले औद्योगिक शहर पिट्सबर्गमा प्रतिद्वन्द्वी ऱ्यालीहरू आयोजना गर्नेछन् ।
जनसङ्ख्याको आधारमा प्रभाव प्रदान गर्ने अमेरिकी इलेक्टोरल कलेज प्रणालीअन्तर्गत पेन्सिलभेनिया सबैभन्दा ठूलो स्विङ स्टेट पुरस्कार हो ।
‘तिमी बर्खास्त छौ’
दुवै पक्षले ठूलो शुरुआती मतदान सङ्ख्याबाट उत्साहित भएको बताएका छन् । अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मानिसले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो ।
पूर्वराष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको खोजीमा आफ्नो अँध्यारो र हिंसात्मक वाणीलाई दोब्बर बनाएका छन् । उपराष्ट्रपति ह्यारिसले भने राष्ट्रपति जो बाइडेनले जुलाईमा दौडबाट नाम फिर्ता लिएपछि डेमोक्रेटिक टिकटको शीर्षमा आश्चर्यजनक उदय गरेकी छन् ।
ह्यारिसले गर्भपतन एउटा प्रमुख मुद्दा हुनसक्ने आशा गरेकी छन् र विशेषगरी महिला मतदाताहरूसँग यसले ट्रम्पलाई चोट पुऱ्याउन सक्छ । ट्रम्पले आप्रवासी र अर्थतन्त्रमा ध्यान केन्द्रित गरेका छन् र राजनीतिकविरोधीहरूलाई ‘भित्रैबाट शत्रु’ भनेका छन् ।
दुवै उम्मेदवारले स्विङ राज्यहरूमा तीव्र जिग–ज्याग यात्रा गरेका छन् । कोलाहलपूर्ण र्यालीहरू र ह्यारिसको प्रख्यात टेलिभिजन कार्यक्रम ‘स्याटर्डे नाइट लाइभ’ मा समेत उपस्थिति रहेको छ ।
आइतबार चुनाव प्रचारमा ट्रम्पले समर्थकहरूसँग पत्रकारहरूलाई गोली हान्दा उनलाई वास्ता नहुने कुरा गरे, निराधार चुनावी धाँधलीको आरोप लगाए र कागजात नभएका आप्रवासीहरूद्वारा गरिएका अपराधहरूको विस्तृत विवरण दिए ।
‘कमला… तिमी बर्खास्त छौ, बाहिर जाऊ’, ट्रम्पले जर्जियाको मेकनमा समर्थकहरूसमक्ष भनेका छन् । ट्रम्पले फेरि पराजय स्वीकार गर्नेछैनन् भन्ने डर बढ्दै गएको छ ।
‘हाम्रो पक्षमा गति छ‘
हालैका केही उत्साहजनक सर्वेक्षणपछि ह्यारिसका तर्फबाट उनले आइतबार मिशिगनमा जोशपूर्ण ऱ्यालीमा भनिन्, ‘हाम्रो पक्षमा गति छ- यो हाम्रो साथमा छ ।’
उनले मिशिगनमा इजरायल-हमास युद्धमा अमेरिकी व्यवहारको विरोध गरेको ठूलो अरब-अमेरिकी समुदायलाई पनि आकर्षित गर्दै भनिन्, “म गाजामा युद्ध अन्त्य गर्न मेरो शक्तिले भ्याएसम्म सबै गर्नेछु ।’
निर्वाचनले मध्यपूर्वमा द्वन्द्व र युक्रेनमा रुसको युद्धमा गहिरो प्रभाव पार्न सक्ने भएकाले विश्वले यो चुनावलाई चिन्तापूर्वक हेरिरहेको छ । यसैबीच अभियानका अन्तिम दिनहरूमा दुवै उम्मेदवारले हाइ-प्रोफाइल समर्थकहरूलाई परिचालन गरेका छन् । ।
दक्षिणपन्थी प्रविधि उद्योगपति एलन मस्कले दर्ता भएका मतदाताहरूलाई विवादास्पद १० लाख डलरको उपहार वितरण गरिरहेका छन् भने ह्यारिस पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामा तथा गायिका बियोन्सेको स्टार पावरमा भर परेकी छन् । तथापि निवर्तमान राष्ट्रपति बाइडेन गत हप्ता ट्रम्पका समर्थकहरूलाई ‘फोहोर’ भनेर गल्ती गरेपछि चुनाव प्रचारबाट उल्लेखनीय रूपमा अनुपस्थित रहेका छन् ।
बाइडेनले अभियानको अन्तिम दिनको धेरैजसो समय ह्वाइट हाउसमा बिताउनेछन् भने ह्यारिसले उनको गृहनगर पेन्सिलभेनियास्थित स्क्र्यान्टनमा एउटा कार्यक्रमबाट आफ्नो दिन सुरु गर्दैछिन् ।
प्रतिक्रिया