जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित कास्की पोखरास्थित फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । धानको बालामा अन्न लागेको छैन, पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।
गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो जातको धान खेर गएको तथा रोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविलाल लामिछानेले दुखेसो गरे । गभारोले यसअघि बाली सखाप नपारेको अनुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् ।
यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । ‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ’, महाशाखा प्रमुख मनोहर कडरियाले भनेका छन् । साथै उहाँले पीडित किसानलाई कृषिसम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए ।
तस्बिर : रासस
प्रतिक्रिया