अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेतवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेतवार्ता


अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोडेका थिए ।

बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गरेका छन्।

ट्रम्पको ह्वाइट हाउस भ्रमण उनलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्नका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उनले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरेको समयमा भएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता शुरू भएको थियो ।

ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भने, ‘स्वागत छ ।’

गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका एकासी वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक-पटक दिएका थिए, तर उनले भेटमा मिठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेरेका थिए भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियालेका थिए ।

बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद भवनमा उहाँका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यस वर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाएका थिए ।

‘राजनीति कठिन छ, धेरै अवस्थामा यो धेरै राम्रो क्षेत्र होइन। यो आज राम्रो संसार हो र म यसको धेरै कदर गर्छु’, ४५औँ अमेरिकी राष्ट्रपति बनिसकेका र ४७औँ अमेरिकी राष्ट्रपतिको शपथको पखाईमा रहेका ट्रम्पले भने ।

ट्रम्पले पनि सत्ता हस्तान्तरण ‘सहज’ हुने अभिव्यक्ति दिएका छन् ।

ह्वाइट हाउसकी प्रवक्ता करिन जीन पियरेले करिब दुई घण्टासम्म चलेको वार्ता निकै सौहार्दपूर्ण भएको बताएकी छन् ।

विशेषगरी बाइडेनले युक्रेनलाई अमेरिकी समर्थनबारे सशङ्कित रहेका ट्रम्पलाई रुसविरुद्ध किएभको साथमा उभिनुपर्नेमा जोड दिएको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् । अमेरिकी प्रतिनिधिसभाको बहुमतका साथ रिपब्लिकनहरूले सिनेटमा आफ्नो नियन्त्रण बढाएपछि ट्रम्पको अमेरिकी प्रशासनमा सरकारको लगभग पूर्ण नियन्त्रण हुने बताइएको छ।

अर्बपति नेता ट्रम्पले आफ्नो कार्यकालका लागि टोली नियुक्त गर्न द्रूत गतिमा अघि बढिरहेका छन् । उनका वफादारहरूले प्रमुख पदहरू लिइरहेका छन्।

बैठकको केही घण्टापछि ट्रम्पले अदालती लडाइँ र महाभियोगको लडाइँमा आफ्नो बचाउ गर्ने कट्टर सहयोगीको वफादारीलाई पुरस्कृत गर्दै फ्लोरिडाका सांसद गेट्जलाई आफ्नो शीर्ष कानुनी अधिकारीको रूपमा नियुक्त गरेका छन् ।

ट्रम्पको घोषणापछि गेट्जले कंग्रेसको आफ्नो पदबाट राजीनामा दिएका छन् । गेट्जले अझै पनि यौन तस्करी र एक नाबालिगसँग यौन सम्बन्ध राखेको आरोपमा अमेरिकी कंग्रेसको नैतिकता समितिको अनुसन्धानको लागि सुनुवाइको सामना गरिरहेका छन् ।

ट्रम्पले युक्रेनका लागि अमेरिकी समर्थनको विरोध गर्ने र सिरियाका राष्ट्रपति बसर अल असदलाई भेटेकी पूर्व डेमोक्र्याटिक सांसद तुलसी गबार्डलाई पनि आफ्नो राष्ट्रिय गुप्तचर निर्देशकमा नियुक्त गरेका छन् ।

ट्रम्पले फ्लोरिडाका सिनेटर तथा चीनका राष्ट्रपति मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् भने फक्स न्युजका प्रस्तोता पिट हेगसेथलाई रक्षामन्त्रीमा मनोनीत गरेका छन् । यसैक्रममा ट्रम्पले विश्वकै सबैभन्दा धनी व्यक्ति तथा प्रमुख सहयोगी एलन मस्कलाई सरकारी खर्च कटौती गर्ने उद्देश्यले बनाइएको नयाँ समूहको प्रमुखमा नियुक्त गरेका छन् ।

स्पेस एक्स, टेस्ला र एक्सका मालिक मस्क बुधबार फ्लोरिडाबाट ट्रम्पका साथ वासिङ्टन पुगेका थिए । राष्ट्रपति ट्रम्पले चुनावपछिको एक हप्ता फ्लोरिडास्थित आफ्नो मार-ए-लागो रिसोर्टमा बिताएका थिए ।

ह्वाइट हाउसको बैठकअघि वासिङ्टनको एक होटलमा रिपब्लिकनहरूसँगको भेटमा ट्रम्पले आफू तेस्रो कार्यकालका लागि पनि खुला रहन सक्ने बताएका थिए ।