सुनको मूल्य एक हजार बढ्यो

सुनको मूल्य एक हजार बढ्यो


सुनको मूल्य आज (६ मङ्सिर) प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको महासङ्घले जनाएको छ ।

कात्तिक १५ गते रु एक लाख ७१ हजारमा सुनको कारोबार भइ उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।