युक्रेनविरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा रूसले उत्तर कोरियालाई तेल, एन्टी-एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियाले रूसलाई युक्रेनसँग लड्न दश हजार भन्दा बढी सैनिकहरू पठाएको दाबी अमेरिका र दक्षिण कोरियाले गरेका छन् । सम्बद्ध विज्ञहरूले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन् ।
दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन-सिकले उत्तर कोरियाले सेना तैनातीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवाश्यक उपकरण, एन्टी-एयरक्राफ्ट मिसाइलहरू कोरियामा पठाइएको पुष्टि गरेका छन् ।
पछिल्लो आठ महिनामा एक दर्जन भन्दा बढी उत्तरकोरियाली तेल ट्याङ्करहरूले रुसको बन्दरगाहमा रहेको तेल टर्मिनलमा ४३ पटक यात्रा गरेको स्याटेलाइट तस्बिरहरू साभार गर्दै बीबीसीले जनाएको छ ।
बेलायती विदेश सचिव डेभिड लम्मीलाई उद्धृत गर्दै रिपोर्टले तेल हतियार र मिसायलले मस्को पठाएको सेनाको भुक्तानी लिएको जनाएको छ ।
उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा क्रेमलिन प्रमुखको भ्रमणको क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए । यसले दुवै राज्यलाई अर्कोमाथि आक्रमण भएमा सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय सहयोग गर्न बाटो खोलेको थियो ।
विश्लेषकहरूका अनुसार सैनिकहरूको बदलामा रूसले उत्तर कोरियालाई तेल र ग्यास जस्ता अन्य प्राकृतिक स्रोतहरूमा पनि पहुँच दिन सक्छ ।
उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले हालै मस्कोको भ्रमण गरी आफ्नो देश “विजय दिवससम्म रुसी कमरेडहरूसँग दृढतापूर्वक उभिने बताएका थिए ।
प्रतिक्रिया