भद्रपुरका अर्जुन ‘गौतमबुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड’का लागि मनोनित

भद्रपुरका अर्जुन ‘गौतमबुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड’का लागि मनोनित


झापा सदरमुकाम भद्रपुरमा रहेर नेपाली गीत-संगीतको क्षेत्रमा योगदान पुऱ्याइरहेका गायक तथा संगीतकार अर्जुन खरेल दोस्रो ‘गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड २०८१’को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका छन् ।

भद्रपुर–१० केन्द्रमोड निवासी खरेल एक दशकयता निरन्तर गीत-गीतको क्षेत्रमा कृयाशील रहेका खरेललाई बि.एस.के एक्टिभ प्रोडक्शन प्रालिको आयोजनमा भैरहेको दोस्रो गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड २०८१ को उत्कृष्ट पाँच नोमिनेशनको नतिजा अनुसार पूर्वेली मौलिक गीत गायकका रूपमा सार्वजनिक गरिएको हो ।

उत्कृष्ट पूर्वेली मौलिक गीत गायकका रूपमा खरेललाई ‘दुई चुल्ठी केश..’ गीतका आधारमा छनौट गरिएको जनाइएको छ । उनले आधुनिक, लोक पप र चलचित्रका दर्जनौ उत्कृष्ट गीत गायन तथा संगीत सिर्जना गरिसकेका छन् ।

उत्कृष्ट पाँचमा छनौट भएको सिर्जनालाई सर्वाेत्कृष्ट बनाउनका निमित्त धेरैभन्दा धेरै भोट गरेर साथ दिन सकिन व्यवस्था मिलाएको आयोजकको भनाइ छ ।

इ-सेवामा गएर भोटिङ इभेन्टमा क्लिक गरी दोस्रो गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड मा पुन क्लिक गरेर आफूलाई मन परेको सिर्जनाहरूलाई प्रत्यक्ष भोट गर्न सकिने बताइएको छ ।

अवार्डको ग्राण्ड फिनाले भने दुबइ शहरमा हुने आयोजक समितिका प्रमुख सुर्य तामाङ (मम्बा) ले जानकारी गराएका छन् ।