सुनको मूल्य प्रतितोला रु. सत्र सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु. सत्र सयले बढ्यो


नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज (९ मङ्सिर) सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।