धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ


सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार (१० मङ्सिर) बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञातव्य छ, गत वर्ष अर्थात् २०८० पुस २० मा रमेशकुमार हमालको पदावधि सकिएयता सरकारले बोर्डमा नियुक्त गर्न सकेको थिएन । श्रेष्ठले यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यका रुपमा काम गरिसकेका छन् ।