युद्धविरामपछि घर फर्किए बेरुतका विस्थापित बासिन्दा

युद्धविरामपछि घर फर्किए बेरुतका विस्थापित बासिन्दा


युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समयपछि भएको युद्धविराम कार्यान्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै ‘विजय’ उत्सव समेत मनाएका छन् ।

पछिल्लो समयमा इजरायलले दिनहुँजसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरु एकै चोटी फर्किंदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाएको छ ।

विस्थापितहरु आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउँदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको जनाइएको छ । दक्षिण बेरुत उपनगरले मङ्गलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो ।

बुधबार देखि युद्धविराम लागु भएपछि इरानसमर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।

गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो ।

केही बासिन्दाहरू तुरुन्तै युद्ध, जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थानतर्फ लागेको समाचारमा जनाइएको छ ।