जाडोयामका लागि नेपालको बजारमा क्रम्प्टनका उत्पादन

जाडोयामका लागि नेपालको बजारमा क्रम्प्टनका उत्पादन


नेपालका उपभोक्ताका लागि उत्कृष्ट उत्पादनहरू ल्याउने प्रतिबद्धताअनुरूप, सिजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका विविध जाडोयाम एप्लायन्सहरू नेपाली बजारमा उपलब्ध गराएको छ। यी उत्पादनहरू उपभोक्ताको आवश्यकता र जाडोयाममा सुविधा पुर्‍याउन डिजाइन गरिएका बताइएको छ ।

जाडोयामका लागि उत्पादित सामानहरुमा रूम हिटर, गिजर र वाटर हीटर रहेको कम्पनीले जनाएको छ । हरेक उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन, र विश्वसनीयता सुनिश्चित गर्दै ग्राहकहरूको जीवनलाई सहज बनाउने दाबी गरिएको छ।

क्रम्प्टनका रूम हिटरहरू :

आधुनिक प्रविधिको प्रयोग गरी बनेका यी हिटरहरूले कोठालाई छिटो र समान रूपमा न्यानो बनाउँछन् । उपलब्ध मोडेलहरू : Insta Cozy 1200W, Insta Comfy 800W, र Insta Comfort 2000W, Insta Airhot 2000W रहेका छन्।

गीजर र वाटर हीटर :

विभिन्न प्रकारका गीजर र वाटर हीटर उपलब्ध रहेको कम्पनिले जनाएको छ, २५ लिटर क्षमताको Solarium Qube IoT गुगल भोइस असिस्टेन्ट र एलेक्सा भोइस असिस्टेन्ट जस्ता फिचरसहित बजारमा उपलब्ध गराएको छ, त्यस्तै २५ लिटर र १५ लिटर क्षमताको Solarium Evo, २५ लिटर र १५ लिटर क्षमताकै Solarium Qube, १५ लिटर क्षमताकै Solarium Qube Plus रहेका छन्।

५० लिटर, २५ लिटर ,१५ लिटर र १० लिटर क्षमताको इलेक्ट्रिक गिजर Arno Neo, २५ र १५ लिटर लिटर क्षमतको इलेक्ट्रिक गिजर Acenza, ५ लिटर ३ लिटर र १ लिटर क्षमताको Rapid Jet नेपाली बजारमा उच्च माग रहेको र नेपाली ग्राहकहरुलाई न्यानो प्रदान गरिरहेको कम्पनिले जनाएको छ। १५०० वाट र १००० वाटका इमर्सन रड (Immersion Rod) पनि उपलब्ध गराएको छ। यी इमर्सन रडहरू तातो पानीको तत्काल आवश्यकता पूरा गर्न ऊर्जा-कुशल र उपयोग गर्न सजिलो छन्। यस्ता सुविधाहरूले गर्दा क्रम्प्टनका उत्पादनहरूले उपभोक्ताहरूको दैनिकीलाई सहज, सुरक्षित र भरपर्दो बनाइरहेका छन्।

क्रम्प्टनका सबै उत्पादनहरू ऊर्जा खपत कम गर्ने प्रविधिले निर्माण गरिएका छन्, जसले शक्ति-कुशलताका साथ जाडोयाममा उत्कृष्ट कार्यसम्पादन सुनिश्चित गर्दछ। यी उत्पादनहरू स्टाइलिस डिजाइनमा उपलब्ध छन्, जसले आधुनिक घरको सौन्दर्यसँग मेल खाने र आकर्षक देखिने सुनिश्चित गर्छ। साथै, क्रम्प्टनले गुणस्तर प्रमाणित सामग्रीको प्रयोग गरेर हरेक उत्पादनलाई सुरक्षित र भरपर्दो बनाएको छ, जसले ग्राहकहरूलाई ढुक्कका साथ प्रयोग गर्न प्रेरित गर्दछ।

सिजी इलेक्ट्रोनिक्सका अनुसार जाडोयाममा रूमहिटर र गीजर जस्ता उत्पादनहरूको माग उच्च छ । यी उत्पादनहरूले जाडोयामको कठोरतालाई सहज र जीवनलाई न्यानो बनाउन मद्दत पुर्‍याइरहेका छन्।

क्रम्प्टनका यी उत्कृष्ट उत्पादनहरू सिजी डिजिटलका शोरूमहरू, आधिकारिक डिलर र cgdigital.com.np मा उपलब्ध छन्।