ट्रेड टावरको साधारणसभा सम्पन्न

ट्रेड टावरको साधारणसभा सम्पन्न


ट्रेड टावर लि.को १५औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । सभाको अध्यक्षता गर्नुभएका उक्त ट्रेड टावरका अध्यक्ष शिवहरि दंगालद्वारा शुभारम्भ गरिएको सभामा विभिन्न वक्ताले आ-आफ्नो राय-सुझाव र सल्लाह दिएका थिए ।

सभामा कम्पनीको जारी पुँजी एक अर्ब र जारी पुँजी ४९ लाख ५० हजार तथा चुक्ता पुँजी ३७ लाख ९१ हजार रहेको जानकारी गराइएको थियो ।

ट्रेड टावर लि.को अगुवाईमा हाल पशुपति गौशालामा ‘होटल क्रिष्टल पशुपति’ नामक चारतारे स्तरको होटल सञ्चालनमा आएको छ । सो होटलमा ९० भन्दा बढी स्तरीय कोठाहरू र सभा, सम्मेलन, गोष्ठी, बैठक गर्ने स्तरीय पाँच वटा हलहरू रहेका छन् ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै यस कम्पनीलाई धितोपत्र बोर्डमा शेयर जारी गर्नका लागि यथासक्य चाँडो पेश गर्ने पनि सर्वसहमतिका आधारमा प्रस्ताव पारित गरिएको थियो ।