✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष २२ गते तद्अनुसार सन् २०२४ दिसेम्बर ७ तारिख शनिबार मार्गशीर्ष शुक्ल पक्षको षष्ठी तिथि धनिष्ठा नक्षत्र व्याघात् योग पर हर्षन योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।
आजको राशिफल :
मेष – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ आयस्रोत प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि होला । आमोद प्रमोदमा रमिरहनुहुनेछ । धन कमाउने बाटाहरुको थालनी हुन सक्छ । धनलाभको योग छ । परिवारमा सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
वृष – सुखदानुभूतिले पछ्याउने दिन छ । परिवारमा खुशीको माहोल छाउनेछ भने नयाँ ठाउँको यात्रा हुने योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्षणहरु आउनेछन् । टाढाको यात्राबाट धन आर्जन हुने योग छ । प्रगतिको दर बढ्नेछ । बौद्धिक तथा रचनात्मक काम सार्थक रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढ्ला ।
मिथुन – आजको दिन केही चुनौतीयुक्त रहला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुनसक्छ । स्वास्थ्य केही कमजोर रहनुका साथै ब्यस्तता वृद्धि हुने देखिन्छ । महत्वपूर्ण काममा सफलता पाउन कठिन पर्ला । कुनै नयाँ समाचारले खिन्नता बढ्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकताले समस्याको समाधान दिलाउला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कर्कट – सोचेको विशेष काममा बाधा ब्यहोर्नुपर्ला । मिहेनतअनुसार फल भने थोरै मिल्ने समय छ । तथापि, मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अरुको काम धेरै गर्नुपर्ने योग छ । छरछिमेकमा केही असमझदारी बढ्नसक्छ, तर खास हानी पुग्दैन । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ, सजग रहनुहोला । प्रेमभाव जागृत हुनुका साथै रसरागमा आकर्षण बढ्ने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । बन्दव्यापारबाट लाभ प्राप्त होला । स्वास्थ्य सबल रहला । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ ।
कन्या – व्यावसायिक काम बीचमा अवरुद्ध बन्नसक्ने तथा काममा केही चुनौती देखिनसक्ने समय भएपनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । साहस वृद्धिले सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुने योग छ । मान महत्व बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आज काममा जाँगर चल्नाले मन प्रफुल्ल रहला । बौद्धिक कार्यबाट पनि लाभ मिल्नेछ ।
तुला – आजको दिन साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला । तथापि, छरछिमेकसँग सामान्य मनमुटाव हुने देखिन्छ । कुरा काट्नेहरु बढ्नेछन् । ठूलाव्यक्तिबाट आलोचना हुनसक्छ, सजग रहनुहोला । आजको दिन हातहतियारबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर होला । कसैसंग वादविवादको पनि सम्भावना छ, संयमताका साथ व्यवहार गर्नुहोला । परिवारजनमा असमझदारी बढ् सक्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनुहोला ।
वृश्चिक – ब्यस्तता वृद्धि हुने दिन छ । कुनै काममा झमेलाको सामना गर्नुपर्ला । जागिरमा केही अल्छीपन छाउला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, तथापि धनमान प्राप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा वर्चस्व बढाउन सकिनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनुहोला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – सोचेको विशेष काम पूरा हुन सक्ने दिन छ । सामाजिक उत्तरदायित्व हासिल हुनाले प्रतिष्ठा वृद्धि होला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्नेछ । पराक्रम बढ्नुको साथै आत्मविश्वासले उचाइ छुनेछ । अध्ययन तथा अध्यापन कार्यमा मन नजाला । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – शुभदायी समय छ । प्रायः सबै कामहरू बन्नेछन्, आर्थिकलाभ प्राप्त होला । आम्दानीको नयाँ श्रोत फेला पर्ने देखिन्छ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिने योग छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ भने ब्यापार–व्यवसायमा पनि फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र सुख बढ्नेछ । प्रतिष्पर्धीहरूपरास्त हुनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती या कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ, संयमता धारणको प्रयत्न गर्नु उचित होला । वैैदेशिक कार्यमा भाग्यले साथ दिनेछैन । धनको नाशमात्र हुनसक्छ । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, महत्वपूर्ण कार्यमा अवरोध पैदा हुनसक्ने योग रहेपनि आरोग्यबल भने वृद्धि हुनेछ । आत्मविश्वस कायम रहला ।
मीन – विशेष कार्यमा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने देखिन्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । कृषि तथा पशुपालनमा विशेष फाइदा हुनेछ, तर आजको दिन खर्च भने केही वृद्धि हुनसक्छ । सुख–सुविधाको वस्तु बढ्नेछन् । सुख विलासमा मनजाला ।
प्रतिक्रिया