नेपालको चर्चित ‘माउन्ट ८८४८’ ब्याण्डले यही मंसिर २८ गते शुक्रबार काठमाडौमा सांगीतिक प्रस्तुति दिने भएको छ । बिजी बी क्याफेको वार्षिकोत्सवको अवसरमा ब्याण्डले प्रस्तुति दिन लागेको हो ।
माउन्ट ८८४८ ब्याण्डका लोकप्रिय गीतहरू मास्की मास्की, चुइरी फूल, बुढेसकालको लाठी, रात गुजार्ना लगायतका सिर्जनाले दर्शकहरूको मन जित्दै आएका छन् । वार्षिकोत्सवमा उक्त ब्याण्डको प्रस्तुति क्याफेमा आउने सम्पूर्ण संगीतप्रेमीहरूको लागि विशेष आकर्षण हुने बिजी बीले जनाएको छ ।
पोखराबाट आफ्नो यात्रा सुरु गरेको बीजी बीले रेस्टुरेन्टले वार्षिकोत्सवलाई भव्य बनाउन सजीव संगीत, स्वादिलो खाना र रमाइलो माहोलको व्यवस्था गरेको जनाएको छ । माउन्ट ८८४८ ब्याण्डको प्रस्तुति अनुभव गर्नका लागि युवाहरुलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया