सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ । जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुऱ्याएको छ।
कम्पनीका अनुसार यस्ता छन् फ्रन्ट लोड वाशिङ मेसिन विशेषताहरू :
■ पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि ।
■ BLDC इन्भर्टर मोटर : ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी उपलब्ध ।
■ स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम ।
■ द्रुत धुलाई (Quick 15 Wash) : केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर ।
■ ८ किलो क्षमता : ठूलो परिवारका लागि उपयुक्त ।
सेन्सेई वाशिङ मेसिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्दछ ।
सेन्सेईको नयाँ वाशिङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जाकुशल बनाउन महत्वपूर्ण योगदान गर्नेछ ।
सिजी इलेक्ट्रोनिक्सले नेपाल अधिराज्यभरि सेन्सेई ब्रान्ड को समान बिक्रि वितरण गर्दै आइरहेको छ । वाशिङ मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टिभी, फ्रिजहरु पनि नेपाली बजारमा उपलब्ध छ ।
सेन्सेईको अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाल अधिराज्यभरि सेन्सेइको अधिकारिक डिलर वा कम्पनीको शोरूमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया