आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायत करिब एक दर्जन सेलिब्रेटी एउटै ऱ्याम्पमा प्रस्तुत हुने भएका छन् । आज शनिबार (१४ डिसेम्बर) होटल याक एण्ड यतीमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शो मा यी सेलिब्रेटी शो टपरको रूपमा ऱ्याम्पमा देखिने भएका हुन् ।
हेल्दी च्वाइसद्वारा प्रस्तुत ‘ग्ल्याम नेपाल इन्टरनेशनल’ फेसन शोको पावर बाई ‘ले ग्ल्यामर’ र डिभन वाई ‘दीपल’ रहेको छ । फेसन शोमा पुरुष र महिला गरेर ३० मोडलले विभिन्न पहिरनका आकर्षक डिजाइन ऱ्याम्प प्रस्तुत गर्नेछन् । शोका लागि सबै मोडल अडिसनमार्फत छानिएका हुन् ।
प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन शोमा विभिन्न ९ सिक्वेलमा स्वयम् गुरुङ, सेन्स अफ क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नस् कलेक्सन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नवीनतम पहिरन ऱ्याम्पमा देख्न मिल्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए ।
फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । नयाँ र आकर्षक पहिरनको बारेमा फेसनप्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको प्रारम्भ प्रोडक्सनले जनाएको छ ।
शोमा कलाकार, ब्यवसायी लगायत विभिन्न ब्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।
प्रतिक्रिया