भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको ९० वर्षको उमेरमा निधन भएको छ । अंकुर, मंडी, मन्थन, निशान्त, भूमिका लगायत अनेकौँ सार्थक फिल्मका निर्देशक बेनेगलको सोमबार साँझ निभन भएको हो ।
श्याम बेनेगल विगत दुई वर्षदेखि मिर्गौलाको गम्भीर रोगबाट पीडित थिए ।
समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिने बेनेगलका फिल्महरू लैङ्गिक समानता, सामाजिक न्याय र राजनीतिक सङ्घर्ष जस्ता विषयबस्तुका कारण विशेष मानिन्छन् । सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषणबाट सम्मानित बेनेगललाई ‘भारत एक खोज’ र ‘संविधान’ निर्माणका लागि पनि हिन्दी सिनेजगतले स्मरण गरिरहने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया