जयबागेश्वरी इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बेचन गिरीको सभापतित्वमा शनिबार (२० पुस) सम्पन्न साधारणसभामा उक्त कम्पनीले गर्दै आएको कारोबारका बारेमा विस्तृत चर्चा तथा छलफल गरिएको थियो ।
जयबागेश्वरी इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को स्थापना २०७४ मंसिर ४ गते ४० जना शेयरधनी र टेकबहादुर थापा क्षेत्रीको अध्यक्षतामा ७ जना संचालक समितिको गठन भइ कारोबार संचालन भएको थियो । संस्थाले आफ्नो प्रारम्भिक कालदेखि हालसम्म दोस्रो बजारबाट शेयरको खरीदबिक्री गर्ने कार्य गरिरहेको छ ।
यस्तै, संस्थाको कार्य विस्तारका क्रममा स्वदेश तथा विदेशबाट आएका विप्रेषणको भुक्तानी तथा स्वदेशमा विप्रेषण पठाउने र विभिन्न बैंकहरुमा नगद जम्मा गर्ने कार्यसमेत गर्दै आएको छ । यस प्रकारको कार्य संस्थाले वेस्टर्न यूनियन, आइ.एम.ई. रेमिट, सिटी एक्सप्रेस, प्रभू रेमिट तथा क्ष्ःभ् ध्बििभत, ऋष्तथ ध्बििभत को क्गद ब्नभलत भइ गरिरहेको छ ।
यस कम्पनीले बिजुली, पानीको महसुल भूक्तानी, इन्टरनेटको भूक्तानी, निर्जिवन बिमा गर्ने र सोको भूक्तानी, ब्रोकरको भूक्तानी, मेरो शेयर, डिम्याटको नविकरण भूक्तानी, आन्तरिक तथा अन्तराष्ट्रिय हवाई टिकट तथा आन्तरिक बससेवाको टिकट सुविधा, केवलकारको टिकट, करका भूक्तानी, ट्राफिक प्रहरीको जरिवाना भूक्तानी, स्थानीय कर, ब्लु बुक रिन्यू आदिको सेवासुविधा प्रदान गर्दै आइरहेको छ । साथै प्रभू क्यापिटलसँग सम्झौता गरी पोर्टफोलियो मेनेजमेन्ट सर्भिसको कार्य पनि सुचारु गरिएको छ । कम्पनीले आगामी आर्थिक वर्षमा नयाँ सेवा सुविधाहरु प्रदान गर्नेतर्फ प्रयासरत रहने जनाएको छ ।
साधारणसभाको सञ्चालन कंम्पनीका सचिव एवं प्रमुख कार्यकारी अधिकृत अनुपमान राजभण्डारीबाट भएको थियो भने स्वागत मन्तव्य संचालक केशवबहादुर मल्लले गरेका थिए ।
प्रतिक्रिया