पाटन (ललितपुर)मा रहेको होम बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार (२० पुस) संस्थाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले ऐन, नियमको पालना गरे कुनै पनि सहकारी समस्यामा नपर्ने धारणा राख्नुभयो । सहकारीको मूल मर्म र सिद्धान्तभन्दा बाहिर गएर सञ्चालकहरुले आफू र आफ्नालाई मात्र लाभान्वित गराउने प्रवृत्ति बढेकोले सहकारीमा अहिलेको समस्या आएको उहाँको भनाइ थियो ।
होम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुकुन्द महर्जनले संस्थाको गतिविधिबारे विस्तृत जानकारी गराउँदै संस्थालाई निरन्तर नाफामा लैजाने प्रयास भइरहेको बताउनुभयो । अध्यक्ष महर्जनको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाको उद्योग तथा सहकारी महाशाखाका अधिकृत चिरञ्जिवी पौडेल, कानुनी सल्लाहकार रमिला शाक्य, उपाध्यक्ष दिनेश मास्के लगायतले आआफ्नो मन्तव्य व्यक्त गर्नुभयो।
साधारण सभाले चारवर्षे कार्यकालका लागि पुनः मुकुन्द महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
प्रतिक्रिया