१३ लाख डलरको मुनरोको पोसाक

१३ लाख डलरको मुनरोको पोसाक


विश्वविख्यात हलिउड अभिनेत्री मार्लिन मुनरोको ८४औँ जन्मदिवससँगै मुनरोले लगाएको र्’बर्थ डे पोसाक’ले पनि निकै चर्चा पाएको छ । सन् १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनको अवसरमा अभिनेत्री मुनरोले उक्त ‘बर्थ डे पोसाक’ पहिरिएकी थिइन् । उक्त समारोहमा मुनरोले ह्याप्पी ‘बर्थ डे मिस्टर प्रेसिडेन्ट’ भन्ने गीतसमेत गाएकी थिइन् । केनेडीको जन्मदिनको समारोहमा स्वर्गकी अप्सराजस्तै देखिएकी मुनरोको पोसाक र पहिरन देखेर राष्ट्रपति केनडी मन्त्रमुग्ध भएका थिए ।
बर्थ डे पोसाकको विशेषता नै एक-अर्कालाई आकरि्षत गर्ने खालको थियो । त्यसैले होला उक्त समारोहमा आमन्त्रित पाहुनासमेत मुनरोलाई देखेर मोहित भएका थिए । मुनरोसँगै चर्चामा पुगेको उनको पोसाकले राष्ट्रपति केनेडीलाई समेत लठ्याउन पुगेको थियो । त्यसै त सुन्दरी मुनरोलाई यो पोसाकमा निकै सेक्सी पनि देखिएको थियो । यो अत्याकर्षक पोसाकमा मुनरोका सेक्सी शरीरका सुकोमल अङ्गहरू प्रस्ट रूपमा देख्न सकिन्थ्यो । पोसाकसँगै मुनरोका सेक्सी अङ्गहरूको रसास्वादन गर्न पाएका आमन्त्रित पाहुनाहरूले सो अवसरमा मुनरोलाई विश्वकै ‘सुन्दरी महिला’ को संज्ञा दिएका थिए । मुनरोको सुन्दरता देखेर मख्ख परेका राष्ट्रपति केनडी त्यसपछि उनको प्रेममा अझ दिवाना बनेका थिए ।
केनेडीको बर्थ डेमा मुनरोले पहिरिएको उक्त पोसाकलाई केही वर्ष पहिले हलिउड स्टारसँग सम्बन्धित स्मृतिचिह्न विशेषज्ञ मानिने र्रबर्ट शारजिन र पिटर सिगलले खरिद गरेका थिए । यी विशेषज्ञले उक्त पोसाक १३ लाख डलरमा विश्वविख्यात निलाम कम्पनी ‘क्रिस्टिज’सँग खरिद गरेका थिए । मुनरोको मृत्युपश्चात् मुनरोसँग सम्बन्धित कुनै पनि वस्तुको वास्तविक हकदार हलिउडको एक्टर्स स्टुडियोका संस्थापक ली स्त्रासबर्ग थिए । मुनरोको स्त्रासबर्ग परिवारसँग निकै नजिकको हुनुको साथै यहाँ अभिनयको प्रशिक्षणसमेत गरेकी थिइन् । यही निकट सम्बन्धका कारणले मुनरोले आफ्नो शेषपछि सम्पूर्ण वस्तुहरूको अधिकार स्त्रासबर्ग परिवारलाई दिएकी थिइन् । पछि स्त्रासबर्ग परिवारले उक्त बर्थ डे पोसाक सिनेमा स्टारसँग सम्बन्धित कम्पनी क्रिस्टिज’लाई बेचेका थिए ।
अत्याकर्षक संज्ञा पाएको उक्त पोसाकलाई र्रबर्ट शमरजिन र पिटर सिगलले २० लाख डलर तिर्न तयार भए पनि १३ लाख डलरमै खरिद गर्न सफल भएका थिए । यसअघि बेलायतकी युवराज्ञी डायनाको पोसाक सबैभन्दा महँगो मूल्यमा बिक्री भएर विश्वकीर्तिमान कायम गरेको थियो । डायनाको उक्त पोसाक सन् १९९७ मा दुई लाख २२ हजार डलरमा बिक्री भएको थियो । डायनाको यो पोसाकको लिलामी पनि क्रिस्टिजले नै गरेको थियो ।

सेक्सी ड्रेस लगाउँदा जागिर चट
न्युयोर्कसिटी बैंकमा कार्यरत ३३ वर्षीया महिला दोब्राहली लोरेजजानाले बिनाकारण आफ्नो नोकरी गएपछि त्यस बैंकका पदाधिकारीविरुद्ध हालै मुद्दा दायर गरेकी छिन् । बैंकका पुरुष सहकर्मी साथीहरूले लोरेजजानाले उत्तेजित पार्ने कपडा लगाएको आरोप लगाउँदै उजुरी दिएपछि उनले नोकरीबाट हात धुनुपरेको थियो । जानकारीअनुसार लोरेजजानालाई केही विशेष किसिमका लुगा (सेक्सी अनि पारदर्शी) नलगाउन सहकर्मी र बैंकका प्रमुखले आग्रह गरेका थिए । लोरेजजानाले त्यस्तो लुगा लगाउँदा असाध्यै हुने सहकर्मीले बताएका थिए । तर, लोरेजजानाले आफू असल महिला भएको र कसैलाई आकरि्षत र पीडा दिनका लागि आफूले त्यस्तो किसिमको लुगा नलगाएको स्पष्ट पारेकी छिन् । उनले सहकर्मी साथीहरूले आफूमाथि गरेका दुर्व्यवहारप्रति विश्वास नभएको बताएकी छिन । लुगा लगाउनु मेरो दोष होइन, मेरो पहिरनले कसैलाई नकारात्मक प्रभाव पनि पारेको छैन, तसर्थ मलाई किन जोकर बनाएर कारबाही गरियो त्यो म जान्न चाहन्छु भनेकी छिन् ।- नविन उप्रेती