आज (२३ पुस) बिहान गएको भूकम्पमा परेर तिब्बतको सिगात्से शहरमा हालसम्म ५३ जनाको मृत्यु भएको र ३८ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
भूकम्पका कारण सिगात्सेमा ठूलो क्षति पुगेको हुन सक्ने आशंका गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बत रहेको थियो जहाँ ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसअघि युएसजीएसले भूकम्पको केन्द्रविन्दु नेपालको उत्तरी क्षेत्र रहेको जनाएपनि पछि आफ्नो सूचना परिवर्तन गरेको थियो । युएसजीएसले नेपालको खुम्बु क्षेत्रमा ४.८ म्याग्निच्युडका चारवटा भूकम्प रेकर्ड भएको पनि जनाएको छ ।
चीनको सरकारी च्यानल सीसीटीभीका अनुसार तिब्बतको सिगात्से शहरमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया