सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ, सीजी डिजिटलका स्टोरहरूमा LG, CG, Godrej, Midea र Black+Decker का माइक्रोवेव ओभन किन्दा कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन् ।
साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ। यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्ने कम्पनीको भनाइ छ । सीजी डिजिटलको अनुभवी, प्रशिक्षित, कुशल सेफबाट यो कक्षा संचालन भैरहेको छ ।
अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड, झापा, काकडभित्ता, चन्द्रगडी, धरान उर्लाबारी र लहानमा सीजी डिजिटल लगायत एलजीको डिलरहरुमा यो कुकिङ्ग कक्षा २०८१ पौष २५ गते देखि माघ ११ सम्म चलिरहेको छ ।
सीजी डिजिटलका सेफ धनबाहादुर बस्नेतले भने, ‘हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ। यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं। यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ।’
प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ। कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफूलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।
सीजी डिजिटलले ग्राहकहरूको लागि यस किसिमका नविनतम सेवा र अफरहरू पुऱ्याएर ग्राहक सन्तुष्टि र विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ। ग्राहकहरूले LG, CG, Godrej, Midea र Black+Decker का माइक्रोवेव ओभनको विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।
यो निःशुल्क कुकिङ्ग कक्षामा सहभागी हुन आफ्नो नाम र ठेगाना सहित ९८०१९०८९४९ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया