सुनको मूल्य तोलामा १६०० ले बढ्यो

सुनको मूल्य तोलामा १६०० ले बढ्यो


अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा आज (२८ पुस) एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।

गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु १६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु १,५५,७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य १,८६० कायम भएको छ ।