धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी चयन

धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी चयन


धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी निर्विरोध चयन भएका छन् । धादिङ उद्योग बाणिज्य संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेअनुसार विगतको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित रामकुमार डल्लाकोटीले अब अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

गत शुक्रबार अबेरगरी सम्पन्न धादिङ उद्योग बाणिज्य संघको ११औं अधिवेशनले जिल्ला कार्य समितिको लागि २१ जना सदस्य पनि चयन गरेको छ । वरिष्ठ उपाध्यक्षसहित सबै सदस्यहरु पनि सर्वसम्मत चयन भएको हो ।

सदस्यहरुबाटै कार्य समितिको बैठकले समितिका पदाधिकारी चयन गर्नेछ । संघको ३३ सदस्यिय कार्य समितिमा २१ जना प्रत्यक्ष निर्वाचित, क्षेत्रीय समितिबाट निर्वाचित २/२ जना गरि ६ जना, ५ जना मनोनित, एक निवर्तमान अध्यक्ष रहनेछन् ।

अधिवेशनले संघको तीनवटै क्षेत्रीय समितिको अध्यक्षको समेत चयन गरेको छ, जसमा उत्तरी क्षेत्रबाट सन्जु श्रेष्ठ, मध्य क्षेत्रबाट नानिराम श्रेष्ठ र दक्षिणी क्षेत्रबाट उमेश रुवाली अध्यक्षमा निर्वाचित भएका छन् ।