धादिङमा लोक सांस्कृतिक महोत्सव हुने

धादिङमा लोक सांस्कृतिक महोत्सव हुने


  • विकाश रौनियार, धादिङ

धादिङमा ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ हुने भएको छ ।

धादिङको सदरमुकाम धादिङबेसीस्थित खुलामञ्चमा यही माघ १० देखि २० गतेसम्म धादिङ लोक-सांस्कृतिक महोत्सव २०८१ हुने भएको हो । महोत्सवको तयारीलाई यतिबेला तीव्र पारिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ, सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङको आयोजनामा सुरु हुन लागेको महोत्सवको संरक्षकमा नीलकण्ठ नगरपालिका र प्रवर्द्धकमा धादिङ उद्योग वाणिज्य संघ र धादिङ चेम्बर अफ कर्मश रहेको छ ।

‘लोकसंस्कृति प्रवर्धनको सार : पहिचान, पर्यटन र समृद्धिको आधार’ भन्ने नारासहित हुन लागेको महोत्सवमा जिल्लास्तरीय अन्तरपालिका लोकदोहोरी प्रतियोगिता, विभिन्न जाजातिका लोक सांस्कृतिक प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यस्तै, विभिन्न जातीय मौलिक खानाका परिकारहरू, घरेलु उद्योग तथा व्यवसायिक स्टलहरू, पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न क्रियाकलापहरू मौलिक भेषभुषहरूको प्रदर्शनी तथा रमाइलो मेला र बाल उद्यानको मनोरञ्जन रहने आयोजकले जनाएको छ ।