परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ‘धार्मिक भ्रमण’को सिलसिलामा भारत प्रस्थान गरेकी छन् । मन्त्री राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यसपछि भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगमा उनी सहभागी हुने बताइएको छ ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहने छ । सो कार्यक्रमलाई मन्त्री डा. राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बताइएअनुसार यही भ्रमणकै क्रममा मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउँदै छिन् ।
file photo
प्रतिक्रिया