आजको पञ्चाङ्ग एवम् राशिफल (२७ फागुन २०८१ मंगलबार, ११ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ फागुन २०८१ मंगलबार, ११ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २७ गते तद्अनुसार सन् २०२५ मार्च ११ तारिख मंगलबार फाल्गुन शुक्ल पक्षको द्वादशी ९ः३९ पर त्रयोदशी तिथि अश्लेषा नक्षत्र अतिगण्ड योग कौलव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२० मा भयो र सूर्यास्त साँझ १८ः०९ बजे हुनेछ । प्रदोषव्रत,गोविन्द द्वादशी ।

आजको राशिफल

मेष – शुभदायी समय छ । विभिन्न अवसर पाइनुका साथै कीर्तिमानी काम सम्पादन हुनसक्छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएकोले विशेष योजना थाती राख्नु उचित हुनेछ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । अनुकूलता वृद्धि हुनेछ । इष्टमित्रको सहयोगले काममा सफलता मिल्नेछ ।

वृष – बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने समय छ । तपाईंबाट भए–गरेका गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे सहजै पन्छिनेछन् भने दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति होला । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – दिन सुखदायी छ । विशेष योजनाहरू बन्नेछन् भने एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । व्यवहारले नयाँ ज्ञान प्रदान गर्ला । आत्मीयजनसँग भेटघाट हुने योग छ । साजसज्जा, वागबगैंचासम्बन्धी काममा विशेष आकर्षित होइएला । धनलाभको योग छ आरोग्यता रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट – पीडा दने, काममा व्यवधान खडा गर्न खोज्नेहरूको सक्रियता बढ्ने सम्भावना रहेकोले आजको दिन नयाँ काममा हात नहाल्नु उचित हुनेछ । विशेष योजना अघि बढाउन केही समय पर्खंनुहोला । गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रयत्न गर्दागर्दै पनि कामका केही अवसर फुत्कने सम्भावना छ, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागका साथै खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ ।

सिंह – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । बौद्धिक क्रियाकलापमा रुचि बढ्नेछ । दौडधुप नगरी विभिन्न काम सम्पादन गर्न सकिएला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक शुखशान्ति बढ्नेछ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ मिल्ने देखिन्छ । व्यापार-व्यवसायमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मनोरञ्जनात्मक यात्राको योग छ । प्राकृतिक पर्यावरणमा रमाइएला । आयबल बढ्नेछ । आफन्त एवम् मित्रजनको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन नियमित कार्यमा उत्साहजनक प्रगति होला । मेहनतले चाहेको सफलता दिलाउने देखिन्छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । यात्रागत कार्य सार्थक रहला । दाम्पत्यजीवन सुखद रहनेछ । कर्मबल वृद्धि हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – सामर्थ्य वृद्धि भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । स्वास्थ्य कमजोर रहनसक्छ, खानपानमा सजगता अपनाउनु उचित होला । कतैबाट अस्वाभाविक प्रलोभन मिल्नसक्छ, तर आफ्नो स्वतन्त्रतामा बाधा पुऱ्याउन सक्ने प्रलोभनबाट पन्छिन सक्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । नियमित खर्च भने बढ्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – ब्यस्तता बढ्ने तर लगानी, दौडधुप, श्रम वा प्रयत्नको उचित मूल्य नपाइने समय छ । नगरीनहुने प्रकारको काम पूरा नहुन सक्छ । व्यवसायिक कार्यमा लगानी वा खर्च बढ्ने देखिन्छ । कृषि तथा पशुपालन व्यवसायमा रहनेलाई भने लाभको योग छ । उत्साहजनक समाचारले हर्ष बढाउला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्यमा प्रगति होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – सानो प्रयत्नले पनि ठूलै काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । व्यवसायमा लाभ तथा आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ । प्रेमभाव वृद्धि होला । आरोग्यबल बढ्नेछ । समस्यामा आफन्तको साथ मिल्नेछ । भौतिक सुविधाको नयाँ बस्तु प्राप्तिको योग छ ।

कुम्भ – दिन शुभदायी रहला । बोलीको प्रभाव बढ्नुका साथै विभिन्न अवसरले पछ्याउने देखिन्छ । आर्थिक क्रियाकलापमा प्रगति होला । धनलाभको योग छ । धार्मिक अनुष्ठान तथा मंगलमय काम सम्पादन हुन सक्छन् । नियमित कार्यमा प्रगति हुने र राम्रै लाभ प्राप्त हुनेछ । मान्यजनको विशेष सहयोग जुट्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मीन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्य-व्यवहारमा व्यवधान आउनुका साथै निश्चय भएको काम पनि अचानक बिग्रन सक्छ । आश्वासन दिने मित्रजनबाटै धोका हुने सम्भावना रहेकोले सजग रहनु उचित होला । गोपनीयतामा विशेष ध्यान दिनुपर्ने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन पैदा हुने योग छ । स्वास्थ्य सबल रहनेछ ।