यसरी मनाइयो हङकङमा नारी दिवस

यसरी मनाइयो हङकङमा नारी दिवस


गैरआवासिय नेपाली संघ हङकङ महिला विभाग र नेपाली महिला संघ हङकङद्वारा संयुक्तरुपमा आयोजना गरिएको ११५औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानीय मङकोकको सभाहलमा सम्पन्न भएको छ । नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासिय नेपाली संघ आईसिसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली मुलका विभिन्न संघसंस्थाहरुको भब्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ रहेकी थिइन् भने गैरआवासीय नेपाली संघ हङकङ महिला विभागका संयोजक कविता गुरुङले स्वागत मन्तब्य दिएको कार्यक्रममा गैरआवासिय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले महिलाले गरेका हरेक काममा पुरुषहरुको साथ रहने हुँदा महिला सफल हुनमा पुरुषको ठुलो हात रहेको धारणा राखे ।

गैरआवासिय संघ हड्कडका महासचिव अनु राई, डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ लगायतले विज्ञान र प्रविधिको युगमा पनि महिलाको अवस्था भने हिजोकै युगमा रहेकोमा चिन्ता प्रकट गरिएको थियो । हङकङका लागि भारतिय काउन्सिलर सुरबी गोयल, हङकङका लागि नेपाली का.वा. काउन्सिलर सतिश गुरुङ, सरला तामाङ, रोश रोशा लिम्बु, पवित्रा राईको राष्ट्रिय गीत प्रस्तुतिले सभाहलमा देशप्रतिको भावनाले सभाहल पुरै भावुक बनाएको थियो ।

कार्यक्रममा नेपालबाट गएका गण्डकी प्रदेश सांसद सरस्वती गुरूङ र अग्रज पत्रकार राजबहादुर गुरूङलाई सम्मान गरिएको थियो भने पहिलो नेपाली याऊ चि माङ जिल्ला सदस्य अरूण गुरुङ र समाजसेवी पुष्पा गुरूङ (गुरूआमा) लाई अभिनन्दन गरिएको थियो । सामाजिक क्षेत्रमा योगदान दिएका फियानो हङकङको अध्यक्ष कल्पान चाम्लिङ राई, तामाङ घेदुङ संघका अध्यक्ष अनिता तामाङ, पुन मगर समाजका अध्यक्ष गोमा पुन, लाङ्घाली समाज हङकङ का अध्यक्ष निगम थापा र तमु टो ह्यूला हङकङको महीला संयोजक भक्ति गुरुङ लगायत ५ जना महिलालाई सम्मान गरिएको थियो । ब्यापारतर्फ चुलो रेष्टुरेन्टका सन्चालक पर्वती गुरूङ र बुद्ध लाउन्च चकलेटका प्रोपाइटर गिता क्षेत्री लाई सम्मान गरियो । खेलकुदतर्फ तेक्वान्दोका डन २ उपाधि टप माउन्टेनका करुणा प्रधानलाई सम्मान गरिएको थियो ।

सन २०१३ देखि दुवै संस्थाको सकृयतामा यसरी समाजमा योगदान दिएकाहरुलाई सम्मान गरिँदै आएको छ । विगत केही वर्षदेखि year Of the woman’s का लागि योग्य पात्रको खोजीमा रहेको देखिन्छ ।

कार्यक्रममा स्थानीय कलाकार सरला तमाङ, पवित्रा राई, रोषा लिम्वु लगायतले गायन प्रस्तुत गरेका थिए भने स-साना नानीहरूले समेत आकर्षक नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।