फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै

फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै


फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेलाई लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)मा सुनुवाईका लागि लगिँदै गरेको छ ।

पूर्व राष्ट्रपति डुटेर्तेलाई लिएर नेदरल्याण्ड्सका लागि उडेको एक विमान दुबईमा केही घण्टा रोकिएपछि बुधबार (१२ मार्च) पुनः उडान सुरु गरेको ‘फ्लाइट ट्र्याकिङ साइट’ले जनाएको छ । डुटेर्ते अझै पनि निजी स्वामित्वको विमानमा छन् वा सार्वजनिक विमानमा भनेर पुष्टि गर्न सकिएको छैन ।

आइसिसीका अनुसार डुटेर्तेमाथि ‘मानवताविरुद्धको हत्याको अपराध’को आरोप लगाइएको छ, जसमा अधिकारवादी समूहहरूले दशौँ हजार गरिब पुरुषहरूको हत्या गरेको अनुमान गरेका छन्।

यसैबीच, पूर्व नेतालाई मनिला फर्किने अनुमतिका लागि माग गर्दै बुधबार फिलिपिन्सको सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । बुधबार बिहान उनका वकिलले कान्छी छोरी भेरोनिकाका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गर्दै सरकारले डुटेर्तेलाई ‘अपहरण’ गरेको आरोपसहित उनलाई फिर्ता ल्याउन माग गरेका छन् ।

फिलिपिन्सका वकिल साल्भाडोर पाओलो प्यानेलो जुनियरले फिलिपिन्सको न्यायिक प्रणालीले ‘सही तरिकाले काम गरिरहेको’ भन्दै अदालतबाहिर पत्रकारसँग भनेका छन्, ‘आइसिसीले आफ्नो क्षेत्राधिकारको प्रयोग तब मात्र गर्न सक्छ, जब कुनै देशको राष्ट्रिय कानुनी प्रणालीले काम गर्दैन ।’

तर राष्ट्रपति भवनकी प्रेस अधिकृत क्लेयर क्यास्ट्रोले इन्टरपोललाई सहयोग गर्नु सरकारको जिम्मेवारी र विशेषाधिकार भएको तर्क गरेकी छन् ।

‘यो फिलिपिनी मानवताविरुद्ध अपराध, विशेषगरी हत्याको आरोप लगाइएको नागरिकलाई आत्मसमर्पण गराउनु हो’, उनले भनेकी छन् ।