✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र २ गते तद्अनुसार सन् २०२५ मार्च १५ तारिख शनिबार चैत्र कृष्ण पक्षको प्रतिपदा तिथि ८ः५ पर द्वितीया तिथि उत्तरा फाल्गुनी नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा भयो र सूर्यास्त साँझ १८ः१२ बजे हुनेछ । वसन्तादि, तेल लगाउने र आँपको मुजुरा खाने, गणगौरपूजा प्रारम्भ, नालामत्स्येन्द्रनाथ स्नान ।
आजको राशिफल
मेष – मिश्रित फलदायी समय छ । काम बिग्रने डरले सताए पनि मेहनत खेर जानेछैन । गर्दै आएको व्यवसायमा लगानी बढाउन सकिनेछ । दाम्पत्य सम्बन्धमा चिसोपन बढ्नसक्छ, सजग र संयम रही व्यवहार गर्नु हितकर होला । पारिवारिक खर्च बढ्ने योग छ । इर्ष्यालुजनले कतै फसाइदिनसक्ने सम्भावना रहेकोले सतर्कता अपनाउनुहोला । भ्रमण, खेलकूद एवम् सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।
वृष – अनुकूलता वृद्धि हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट होला । विगतका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ने देखिन्छ । मित्रजनसँग सन्तुलित व्यवहार गर्नु लाभदायी सावित होला । दिनको पछिल्लो प्रहरदेखि उत्साह बढ्ने योग छ । तार्किक क्षमताले मान-सम्मान दिलाउला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – केही खर्च लागे पनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । सभा-समारोहमा मान-पुरस्कार प्राप्त हुने योग छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आँट-पराक्रम बढ्नेछ । बौद्धिकता र रचनात्मकता वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट – ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । काम गर्दा चुनौती आइलाग्नेछन् । तथापि, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । खर्च लागेपनि दिगो फाइदा हुने देखिन्छ । पराक्रम वृद्धिले रोकिएका काम सम्पादन हुनेछन् । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्तिले सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – दिन केही चुनौतीयुक्त छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सरसापटमा धन खर्च हुने सम्भावना छ, आर्थिक कारोबारमा सजग रहनु उचित हुनेछ । स्वास्थ्यगत समस्याले नियमित कार्यमा सामान्य ब्यवधान पर्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । सोखपूर्तिका लागि फजुल खर्च बढ्न सक्ने योग छ । अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको साथ मिल्नेछ ।
कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । सजिलै काम बन्नाले उत्साह जागृत होला । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष फाइदा उठाउन सकिने योग छ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । तथापि, सहयोगीहरू नै प्रतिस्पर्धामा उत्रिने सम्भावना रहेकोले समस्या उत्पन्न हुनेप्रति सजग रहनुपर्नेछ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथले समस्या समाधान हुने देखिन्छ ।
तुला – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ने दिन छ । बिछोडिएका आफन्तसँग भेटघाट होला । सहयोगीहरूले काममा साथ दिनेछन् भने विगतको श्रमबाट पनि राम्रै लाभ मिल्ने देखिन्छ । धनआर्जनको ग्रहयोग छ । मिठो भोजनको आन्नद पाइएला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ । नियमित कर्मले सन्तुष्टि दिनेछ ।
वृश्चिक – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । मित्रजनका बीच वर्चश्व बढ्नेछ । मनोरञ्जनपूर्ण यात्राको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने देखिन्छ । सभा-समारोहमा अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ, ध्यान राख्नुहोला । आयबल बढ्नेछ । मिठो भोजनको आनन्द पाइनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आरोग्यबल वृद्धि हुनेछ ।
धनु – कर्मबल बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । सोख पूर्तिका लागि खर्च बढ्ने देखिन्छ । आफ्नै कमजोरीले कुनै महत्वपूर्ण अवसर गुम्नसक्ने योग भएकोले परिस्थितिलाई सजगतापूर्वक नियालेर अघि बढ्ने हितकर हुनेछ । विगतको श्रमबाट सामान्य लाभ मिल्नेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुखको अवस्था रहनेछ ।
मकर – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ, तर आश्वासन दिएर झुक्याउन खोज्नेहरू सल्बलाउन सक्छन्, सजगता अपनाउनुपर्नेछ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्ने योग छ । शुभचिन्तकहरू एवम् मित्रजनसँग भेटघाट हुनाले हर्ष वृद्धि होला । विगतका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । केही प्रतिकुलताका बाबजुद दायित्व निर्वाहमा सफलता नै मिल्नेछ ।
कुम्भ – आजको दिन सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । पठन-पाठनसम्बन्धी कार्यमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सामर्थ्य वृद्धिले विशेष योजनामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – रचनात्मक काम सुरु गर्ने समय छ । विभिन्न अवसर प्राप्त हुनेछन् । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेलापर्ने देखिन्छ । श्रमको उचित मूल्यांकन होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । पारिवारिक आत्मीयता बढ्नुका साथै साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । साझेदारीको काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । सुख–विलास पनि बढ्नेछ ।
प्रतिक्रिया