‘अरुका लागि मिसन ८४ होला, काङ्ग्रेसका लागि त मिसन नेपाल हो’ : सरस्वती गुरुङ

‘अरुका लागि मिसन ८४ होला, काङ्ग्रेसका लागि त मिसन नेपाल हो’ : सरस्वती गुरुङ


  • विशेष प्रतिनिधि, हङकङ

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले नेपाली कांग्रेसको मिसन-८४ नभएर ‘मिसन नेपाल’ रेहेको बताएकी छन् । नेपाली जनसम्पर्क समिति हङकङद्धारा आयोजित रात्रीभोज तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस आफै सिंगो नेपाल भएको अभिव्यक्ति दिइन् ।

हङकङको जोर्डनस्थित होटल याक एण्ड यतिमा सम्पन्न कार्यक्रममा बोल्दै उनल भनिन्, ‘आज नेपालमा धेरै कुराहरु आएको छ । सामाजिक संजालमा त देख्नुभयो होला, कसैले मिसन-८४ भनेका छन्, कसैले के भनेका छन् । तर, कांग्रेसको चाहिँ मिसन नेपाल हो । यो कुरा सबैले बुझ्नुपर्छ । मिसन-८४ हामीलाई चाहिँदैन, मिसन-८९ चाहिँदैन । मिसन भनेको नेपाल हो । हामीले नेपाललाई बनाउन सक्यौं भने कांग्रेस आफै बन्छ । कांग्रेस आफै सिंगो नेपाल हो भन्ने हाम्रो बुझाइ छ ।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य गुरुङले प्रवासी नेपालीहरुले नेपाल र हङकङमा गरेको योगदालाई मुक्तकण्ठले प्रसंशा गरिन् । ‘तपाईंले नेपालमै गर्नुभएका योगदान, तपाईंहरुले प्रवासमा आएर पनि गर्नुभएको योगदानको म मुक्तकण्ठले सम्मान पनि गर्न चाहन्छु’, उनले भनिन्, ‘सँगसँगै भन्न चाहन्छु, विभिन्न इतिहासको कालखण्डमा धेरै कुराहरु आए । धेरैलाई कांग्रेसले काँध थाप्यो, तर एपटक हैन दुईपटक हैन, धेरैपटक भइसकेपछि कांग्रेसले आफ्नै सिद्धान्त र आफ्नै बाटोमा हिँड्न परेको छ ।’

भ्रमणका क्रममा हङकङ आइपुगेका गुरुङको प्रमुख र नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका केन्द्रीय सदस्य राजबहादुर गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका अतिथितिहरुमा एनआरएनए आइसीसीका सचिव टीका गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष रीता गुरुङ, एनआरएनए हङकङका उपाध्यक्ष अनु राई, महिला संयोजक तथा पूर्व मिस नेपाल हङकङ कविता गुरुङ, कार्यसमिति सदस्य करुणा श्रेष्ठ, जनसम्पर्क समिति हङकङका पूर्व अध्यक्षहरू मिन गुरुङ र काजी गुरुङ, सल्लाहकारहरू कोमल गुरुङ, बिनय शाह, देवराजन गुरुङ, नेत्र पहराई, पूर्व सल्लाहकार नीर पुन, तमु समाज हङकङका अध्यक्ष मानेन्द्र गुरुङ लगायत रहेका थिए ।

नेपाली जनसम्पर्क समितिका सभापति शैलेन्द्र सिङ बोगटीको सभापतित्व सम्पन्न कार्यक्रमलाई महामन्त्रीले सञ्चालन गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण एचके दर्पणले गरेको थियो । कार्यक्रममा समाजसेवी तथा कानुन व्यवसायी देव गुरुङ, समितिका सल्लाहकार देवराज गुरुङ र नेजस हङकङका कोषाध्यक्ष रामचन्द्र विश्वकर्मा तीन जनाको जन्म दिन पनि सोही दिन परेको अवसरमा जन्मदिन मनाइएको यियो । एचके दर्पणले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो।

११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली महिला संघ हङकङ र एनआरएनए हङकङ महिला फोरमको निमन्त्रणा आएका नेताद्वय सरस्वती गुरुङ र पत्रकार राजबहादुर गुरुङ हाल हङकङमा रहेका विभिन्न व्यक्तित्व र संघ–संस्थाहरुसंग भेट गरिरहेका छन् ।