आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत २०८१ शुक्रबार, २१ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत २०८१ शुक्रबार, २१ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र ८ गते तद्अनुसार सन् २०२५ मार्च २१ तारिख शुक्रबार चैत्र कृष्ण पक्षको सप्तमी तिथि ज्येष्ठा नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः९ मा भयो र सूर्यास्त साँझ १८ः१५ मा हुनेछ ।

आजको राशिफल

मेष – बाध्यतावश काममा खट्नुपर्ने दिन छ । दौडधुप तथा ब्यस्तता बढ्नेछ, उपलब्धि भने खासै प्राप्त हुने देखिँदैन । स्वास्थ्यगत समस्याले सताउन सक्छ । अनावश्यक विषयमा टीका-टिप्पणी गर्दा विवाद निम्तने योग छ, बोली र व्यवहारमा नियन्त्रण राख्नु हितकर होला । सन्तान पक्षबाट खोजे जस्तो सहयोग नपाउँदा मन खिन्न रहन सक्छ । आजको दिन खर्च पनि बढ्ने सम्भावना छ ।

वृष – शुभदायी दिन छ । ग्रहको सकारात्मक प्रभावले जोश-जाँगर, उत्साह तथा उमंग देखापर्नेछ । प्रेमको प्रसंग सुखद रहला । दाम्पत्यसुख बढ्नेछ । विशिष्ट व्यक्तिको साथ-समर्थन मिल्नेछ । नियमित कार्यमा सोचेजस्तै सफलता प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा मन जाला । पारिवारिक समस्याको सहजै समाधान मिल्नेछ । धनलाभको योग छ । मित्रजनको साथ–समर्थनले उत्साह वृद्धि गर्ने देखिन्छ ।

मिथुन – काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने समय छ । साहस वृद्धि होला । प्रेमभाव पनि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ, प्रयास जारी राख्नु उचित होला । घरजग्गासम्बन्धी व्यवसायमा हुनेका लागि लाभको समय आएको छ । धन, मान महत्व बढ्ने देखिन्छ । बौद्धिकताका साथै पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।

कर्कट – मिश्रित फलदायी दिन छ । व्यावसायिक काममा केही समस्या आउने देखिन्छ, तर बिस्तारै कामहरु बन्न थाल्नेछन् । कामकै सिलसिलामा यात्राको सम्भावना छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सार्वजनिक सभा-समारोहमा अधिकार तथा प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रेमभाव बढ्नुका साथै सन्तानसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको विशेष सहयोग प्राप्त हुनेछ ।

सिंह – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने दिन भएपनि समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनले साथ नदिने सम्भावना छ, सावधानी अपनाउनुहोला । अनावश्यक खर्च बढ्ने देखिन्छ । व्यस्तता बढेअनुसार परिणाम हत नलाग्ने योग छ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । तथापि, पढाइलेखाइ एवम् बौद्धिक क्रियाकलाप सुस्त रहने देखिन्छ । यात्रागत कार्यमा सोचेअनुसार सफलता मिल्न कठिन होला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास कायम रहला । आरोग्यबल बढ्नेछ ।

तुला – भाग्योदयको समय रहेको छ । नियमित कार्यमा जाँगर बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी रहनुका साथै पारिवारिक सुख मिल्नेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले जस्तोसुकै दायित्व पूरा गर्न सकिएला । शत्रुपक्ष परास्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहला ।

वृश्चिक – अधुरा कामहरू सम्पन्न हुनसक्ने दिन छ । आरोग्यबल बढ्नेछ भने रोकिएको काम मेहनतले बन्नेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, सुखद परिणाम प्राप्तिका लागि चनाखो भने रहनुपर्नेछ । धार्मिक एवम् सामाजिक कार्यमा संलग्न भइएला, जसले मान-प्रतिष्ठा बढाउनेछ । पैतृक सम्पतिबाट विशेष लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । पराक्रम बढ्नेछ । अनावश्यक खर्चमा नियन्त्रण गर्न सकिनेछ ।

धनु – ब्यस्तता बढ्ने तर श्रमअनुसारको परिणाम हात पर्न कठिन हुने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । काममा अरुको कमै भरपर्दा आत्मसन्तोष मिल्ने देखिन्छ । बोलीमा यथासक्य लगाम लगाउनु हितकर हुनेछ । वादविवादबाट बच्न विशेष प्रयत्न गर्नु उचित होला । शारीरिक तथा मानसिक आलस्यता बढ्नाले नियमित कार्यमा ह्रास आउला । कठोर मिहिनेतले काम बन्नेछ ।

मकर – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । जागिरमा विशेष सजगता अपनाउनुहोला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदिने सम्भावना छ । आम्दानी बढेसँगै खर्च वृद्धि हुने योग छ । आमोदप्रमोदको भाव पैदा होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

कुम्भ – नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । सुखद यात्रको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।

मीन – मनमा सद्विचार आउनाले समय उत्साहजनक रहला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि अवसर आउनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान-सम्मान पनि पाइनेछ । महत्वपूर्ण कार्यमा सफलता हातपर्ला । धर्मकर्ममा आकर्षण रहनेछ । भाग्यबल बढ्नेछ । सुख-सुविधाका बस्तु उपहारको रुपमा हातपर्ने योग छ । समस्याको समाधान मिल्नेछ ।