एनआरएनए उच्चस्तरीय समितिका गतिविधि अब सोसल मिडियामा

एनआरएनए उच्चस्तरीय समितिका गतिविधि अब सोसल मिडियामा


गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन अख्तियारप्राप्त एनआरएनए उच्चस्तरीय समितिले आफ्ना गतिविधिहरु विभिन्न सोसल मिडियामार्फत संसारभर रहेका गैरआवासीय नेपाली (एनआरएन)हरुसम्म पुऱ्याइने जनाएको छ ।

उच्चस्तरीय समितिले गरेका कामकारवाही एवम् विविध क्रियाकलापका तथ्य जानकारी सम्प्रेषणका लागि आधिकारिक रुपमा सञ्चालनमा ल्याइएका सोसल मिडियाहरुमा https://www.facebook.com/NRNAHLCofficial (फेसबुक), https://www.youtube.com/@NRNA-HLC (युट्युब) र https://www.instagram.com/nrnahlc/ (इन्स्टाग्राम) रहेका छन् ।

उपरोक्त बाहेक अन्य कुनै पनि सोसल मिडिया च्यानल आधिकारिक नभएको र संस्थाको कुनैपनि जानकारी आवश्यक परे सोझै समितिमा सम्पर्क गर्न सकिने एनआरएनए उच्चस्तरीय समितिका सदस्यसचिव एवम् प्रचारप्रसार उपसमितिका संयोजक रविना थापाले जानकारी दिएकी छन् ।