तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलगायत नेताहरु सहभागी थिए।
यस्तै, छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरुको पनि सहभागिता रहेको थियो ।
मूलतः सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भनिएपनि पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रप्रति बढ्दो जनलहरबाट प्रमुख भनिएका पुराना दलहरु सशंकित बनेका र आन्देलनको ‘मुड’मा रहेका जनतालाई कसरी व्यवस्थापन गर्ने भन्ने सवालमा सत्ताधारी र प्रतिपक्षी दलसमेत एकै ठाउँमा केन्द्रित हुन पुगेका अनुमान गरिएको छ ।
photo: rss
प्रतिक्रिया