आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत २०८१ शुक्रबार, २८ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत २०८१ शुक्रबार, २८ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धसर्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र १५ गते तद्अनुसार सन् २०२५ मार्च २८ तारिख शुक्रबार चैत्र कृष्ण पक्षको चतुर्दशी तिथि पूर्वाभाद्रपद नक्षत्र शुक्ल योग भद्रा करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३१ मा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ । पिशाच चतुर्दशी, भद्रकाली पीठमा लिङ्गो उठाउने ।

आजको राशिफल

मेष – आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुने समय छ । व्यापार व्यवशायमा सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्ला । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने देखिन्छ । आयस्रोत वृद्धिले उत्साह बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने दिन छ । रोकिएको काम सानै प्रयासले बन्नेछ । खर्च लागे पनि उपलब्धिमूलक यात्राको अवसर जुट्न सक्छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै सजगता अपनाउनुपर्ने देखिन्छ । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि होला । यात्रापरक काम बन्नेछ । सबल स्वास्थ्यका लागि खानपान र नियमित विधि–व्यवहारमा विशेष ध्यान दिनु हितकर हुनेछ ।

मिथुन – नियमित कार्यमा केही चुनौती बढ्ने समय छ । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ । महत्वपूर्ण योजना कार्यान्वयनमा बिघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक हानी हुने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ ।

कर्कट – मिश्रित फलदायी समय छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्न सक्छ । अरुसँग गरेको बाचा पूरा हुने दिन रहेको छ । मन लगाएर कर्म गरेपनि सोचेअनुसार फाइदा नहुने देखिन्छ । भौतिक साधनमा क्षति पुग्ने योग रहेकोले विशेष सावधानी अपनाउनु उचित होला । टाढिएका आफन्तको यादले पिरोल्ने देखिन्छ । अन्य कुरामा सुखले साथ दिनेछ ।

सिंह – आयआर्जनको दृष्टिले राम्रो समय छ । लामो समयदेखि रोकिएको काम बन्नुेछन् भने नसोचेको ठाउँबाट धन आउने देखिन्छ । केहि नयाँ कामको लागि परिवारजनको उचित सल्लाह आउला । नयाँ काम सुरु गर्न सकिने छ । व्यापारबाट राम्रै धनलाभ हुनेछ, नउठ्ने ठानिएको पैसा पनि उठ्ने योग छ । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहला ।

कन्या – सामान्यतया दिन राम्रो छ । रचनात्मक काममा जुट्ने समय छ । साझेदारी र सट्टापट्टाबाट विशेष लाभ मिल्ला । मन त्यसैत्यसै फुरुङ्ग हुने देखिन्छ । धनलाभ हुनेछ भने प्रेमभाव वृद्धि हुनाले सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिने देखिन्छ । सामाजिक क्षेत्रमा बढी मन जाला । साथीभाइले काममा सहयोग जुटाउनेछन् । आफन्तको पनि साथ प्राप्त हुनेछ ।

तुला – नियमित कार्यमा आलस्यता जाग्ने र खर्चको मात्रा बढ्नसक्ने समय छ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, सजग रहनुहोला । अनावश्यक वादविवादमा पर्नबाट जोगिन विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आरोग्यता रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन । हरेक कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने देखिन्छ । काममा मन नजानाले महत्वपूर्ण विषय पनि अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु उचित होला । आरोग्यबल बढ्नेछ । निरर्थक यात्रा हुनसक्छ, यात्रागत कार्य थाती राखेकै उचित हुनेछ ।

धनु – सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ, यसले मान प्रतिष्ठामा राम्रो प्रभाव पार्ला । पारिवारिक आवश्यकता पूर्ति हुनेछ भने घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । चल–अचल सम्पत्तिको कारोवार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । मनोरन्जनका क्रियाकलापमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर – मनोकूलता बढ्ने एवम् रोकिएको काम बन्ने समय छ । प्रयत्न गर्दा व्यावसायिक काममा विशेष फाइदा उठाउन सकिनेछ । यात्रागत कार्यबाट पनि धनको लाभ होला । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साहित्यिक कार्यमा विशेष मन जानेछ । बौद्धिक तथा कलात्मक कामले प्रशंसा दिलाउनेछ । पारिवारिक सुखशांति बढ्ने देखिन्छ ।

कुम्भ – राम्रो गर्न खोज्दाखोज्दै प्रतिकुल परिणाम निम्तिनसक्ने समय छ, हरेक कर्यमा एकदमै सवधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा पनि अघिपछिको तुलनामा विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन् । नसोचेको ठाउँमा धनको नाश हुने सम्भावना छ । समस्यामा मित्रजनको साथ मिल्नेछ ।

मीन – नियमित कार्यबाट आर्थिक लाभ मिल्ने खालको समय छ । आजको दिन सोचेका कामहरू सजिलै बन्नेछन् भने कसैबाट साथ-समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । महत्वपूर्ण योजनामा अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुनेछन् । खर्च केही बढ्न सक्छ, तर उपयोगी कार्यमा भएको आर्थिक लगानीले सन्तुष्टि प्रदान गर्नेछ । सुखविलास बढ्ने योग छ ।