आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०८१ शनिबार, २९ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०८१ शनिबार, २९ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत १६ गते तद्अनुसार सन् २०२५ मार्च २९ तारिक शनिबार चैत्र कृष्णपक्षको अमावश्या तिथि उत्तराभाद्रपद नक्षत्र ब्रह्मा योग चतुष्पाद करण आनन्दादिमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ःमा भयो र सूर्यास्त साँझ १८ः१९ हुनेछ । घोडेजात्रा ।

आजको राशिफल

मेष – रोकिएका कामहरु बन्ने दिन छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् भने विचारले धेरैलाई आकर्षण गर्ने समय छ । ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिएला । शुभता बढ्ने र नयाँ जिम्मेवारी मिल्ने योग छ । काममा सहयोगीेहरुले राम्रो साथ दिनेछन्, विशेषगरी कृषिसम्बन्धी व्यवसायबाट राम्रो लाभ लिन सकिने देखिन्छ । समग्रमा अनुकूलता वृद्धिको अनुभूति होला ।

वृष – उत्साहवर्द्धक समय छ । रोकिएको काम बन्ने र आम्दानी बढ्ने देखिन्छ । प्रशंसा गर्नेहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यात्रापरक काम बन्नेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुख बढ्नाले उत्साहको भाव पैदा होला । साथै धनलाभ पनि हुनेछ । नियमित कार्यमा जाँगर चल्नेछ । आमोद प्रमोदमा रम्नुका साथै दिन रमाइलोका साथ बित्नेछ ।

मिथुन – बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धन प्राप्त हुने देखिन्छ । आवश्यक पर्दा आफन्तजनको सहयोग प्राप्त हुनेछ । आजको दिन अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित होला । कामको सिलसिलामा यात्राको सम्भावना छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम वृद्धि भइ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – नियमित कर्ममा जाँगर नचल्ने एवम् वास्थ्यगत कमजोरीले सताउन सक्ने समय छ । घरायसी समस्याबाट उत्पन्न असन्तुष्टि तथा पीडाले मनमा डेरा जमाउन सक्छ । भौतिक साधनको क्षतिले खर्च बढ्नसक्ने योग छ, सजगता अपनाउनु उचित होला । नयाँ कार्यको कार्यान्वयनमा जोखिम देखिन्छ, सकभर नयाँ कामका योजना थाती राख्नु हितकर हुनेछ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन केही चुनौतीयुक्त नै देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । नियमित कर्ममा पनि कठिनाइ सहनुपर्ने देखिन्छ । आजको दिन यातायातका साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । आरोग्यबलका साथै दाम्पत्यसुख बढ्नेछ । रसरागको क्रियाकलापमा सरिक भइएला । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – पारिवारिक कार्यमा केही समस्या देखिएपनि आजको दिन आयआर्जनको दृष्टिले सन्तोषजनक रहला । रुचिका विषयमा लगानी बढाउने समय । नसोचेको ठाउँबाट आम्दानी हुने योग छ । सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । अनौठो तरिकाबाट सफलता मिल्ने देखिन्छ । प्रेमभाव र सुख बढ्नेछ । यात्रागत कार्य सार्थक रहला । आफन्तसुख मिल्नेछ ।

तुला – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा तथा आर्थिक लाभ हुने दिन छ । काममा जोश-जाँगर बढ्नाले मन प्रफुल्ल रहला । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित रहला । पुराना साथीभाइसँग भेट हुनाले आनन्द एवम् प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामाजिक कार्यमा यशवर्चश्व बढ्नेछ । साहसिक कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक – मिश्रित फलदायी समय छ । पराक्रमका साथै व्यस्तता बढ्नेछ, तर वादविवादमा पर्न सकिने सम्भावना प्रवल रहेकोले संयम र सावधानी अपनाइ व्यवहार गर्नु हितकर हुनेछ । अनायसै रुपैयापैसाको पनि क्षति हुने तथा ब्यर्थको खर्च बढ्नसक्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । परिवारजनमा असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, विचार गर्नु होला । सन्तान पक्षबाट सुख मिल्नेछ ।

धनु – कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । सामाजिक कार्यमा मानसम्मान पाइएला । नियमित काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने योग छ, सजग रहनुहोला । तथापि, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मिठो भोजन प्राप्तिले सुख बढाउला । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – शुभदायी समय छ । सोचेको काम बन्नाले मन हर्षित रहला । घरमा मान्यजनको आगमन हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट तथा रमाइलो गरिएला । मान-सम्मान वृद्धिले सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्य पनि सफल हुनेछ । शत्रुपक्ष परास्त बन्नेछ ।

कुम्भ – सामान्यतया दिन ठिकै छ । नोकरी, समाजसेवा तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । पारिवारिक सुख-समृद्धि रहला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कुनै नयाँ कामको स्रोत फेलापर्ने योग छ । सामथ्र्य वृद्धि हुनाले जस्तोसुकै काममा सफलता मिल्ने देखिन्छ । बौद्धिकता एवम् सिर्जनात्मक क्षमता बढ्नेछ ।

मीन – आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य पनि खासै सबल नरहन सक्छ । खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । भौतिक साधनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । नसोचेको ठाउँमा धन खर्च हुनसक्छ, बेलैमा सजग रहे अनवश्यक खर्च नियन्त्रण गर्न सकिनेछ । काममा परिवारजनको साथ मिल्नेछ ।