✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र १९ गते तद्अनुसार सन् २०२५ अप्रिल १ तारिख मंगलबार चैत्र शुक्ल पक्षको तृतीया तिथी भरणी नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ । गौरीव्रत ।
आजको राशिफल
मेष – समय खासै बलियो नभएको हुँदा सावधानी अपनाइ नियमित क्रियाकलाप गर्नु उचित हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । धेरै बोल्नु भन्दा शान्तसँग काम गरेर परिणाम निकाल्नेतर्फ लाग्नु हितकर हुनेछ । सन्तान पक्ष या अनुयायीबाट खोजे जस्तो सहयोग नपाउदा केही पीडाको होला । धननासको योग छ, होस पुऱ्याउनु होला । मिठो भोजन प्राप्त हुनेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण राख्नुपर्नेछ । यात्रामा निस्कँदै हुनुहुन्छ भने रमाइलो अनुभूति हुने देखिन्छ ।
वृष – बौद्धिक, रचनात्मक एवम् सिर्जनात्मक कार्यमा सोचेअनुसार सफलता मिल्नुका साथै पारिवारिक समस्याको समाधान मिल्ने समय छ । आर्थिक क्रियाकलापमा उन्नतिको अवसर प्राप्त होला । एकपछि अर्को सफलताले नियमित क्रियकलापमा पनि जाँगर बढ्ने देखिन्छ । आफन्तजनको सहयोगबाट रोकिएका काममा गति मिल्नेछ । शुभ समाचार प्राप्त होला । मान प्राप्तिको योग छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्ने देखिन्छ ।
मिथुन – शुभता वृद्धिका साथै पराक्रम र जाँगर बढ्नाले आर्थिक क्रियाकलापमा गति बढ्ला । सामाजिक कार्यले प्रतिष्ठा दिलाउने समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । धनलाभको योग छ । स्वास्थ्य सबल रहला । प्रतिष्पर्धी पछि पर्नेछन् । नियमित कामबाट लाभ नै मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बुद्धि-विवेकको सही प्रयोगले जस्तोसुकै समस्याको समाधान प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ ।
कर्कट – केही चुनौतीको माहोल देखिएपनि आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बिस्तारै बन्न थाल्नेछन् भने कार्यसिलसिलामै यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । घरपरिवारका साथै मित्रजनबाट सुखशान्ति मिल्नेछ । कर्मबल बढेर उन्नतितर्फ अग्रसर गराउनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
सिंह – मिश्रित फलदायी समय छ । कामको प्राथमिकता छनोटमा अलमलको अवस्था बन्ने देखिन्छ । नियमित क्रियाकलापमा फेरबदल आउनाले प्रगतिको दरमा केही मन्दी आउनसक्छ । भौतिक साधनले धोका दिनाले लक्ष्यप्राप्तिमा विलम्ब हुनसक्छ । खर्च वृद्धिको योग छ, सजग रही व्यवहार गर्नुहोला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । यात्रा रमाइलो रहनेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै सन्तानपक्षबाट विशेष सुख मिल्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर हुनेछ ।
कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । नयाँ योजना अघिबढाउने सोचमा हुनुहुन्छ सोचेअनुसार अघि बढ्न कठिन पर्ने देखिन्छ, तत्कालका लागि थाती राख्नु उचित हुनेछ । मित्रजनसँग रमाइलो भेटघाट होला । जमघटमा अल्मलिए पनि मानसिक सन्तुष्टि मिल्नेछ । खर्च भने केही बढ्नसक्छ ।
तुला – नियमित कार्यमा जाँगर बढ्ने, यशवर्चश्व वृद्धि हुने समय छ । धैर्यधारण गरी परिश्रम गर्न सके महत्वपूर्ण उपलब्धि हातपर्ने देखिन्छ । तपाईंका काम र व्यक्तिगत व्यवहारको प्रशंसा गर्नेहरू बढ्नेछन् । आर्थिक क्रियाकलापमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ, जसले आत्मविश्वास बढाउनेछ । शारीरिक आरोग्यता रहनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला ।
वृश्चिक – अधुरा काम सम्पन्न हुनसक्ने समय छ । पैतृक सम्पतिबाट लाभ मिल्नुका साथै आर्थिक क्रियाकलापमा आकर्षण बढ्नेछ । सामाजिक तथा धर्मिक कार्यमा रुचि बढ्ला । खर्च बढेपनि आत्मिक सुख मिल्नेछ । नियमित कार्यमा पनि जाँगर बढ्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आत्मबल बढ्नाले प्रतिष्पर्धी परास्त हुनेछन् ।
धनु – आजको दिन केही चुनौतीयुक्त रहनेछ । शारीरिक तथा मानसिक आलस्यता बढ्ने देखिन्छ । कसैसँग विवाद र झमेलाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । तथापि, मित्रजनको साथ-सहयोगले समस्याबाट पार पाइने योग छ । प्रतिकुलताका बाबजुद साहसी कार्यमा आकर्षण रहनेछ । सन्तानपक्षबाट सन्तोष मिल्नेछ ।
मकर – सोचेअनुरुप काम नहुने र परिवारजनसँग पनि असमझदारी बढ्नसक्ने समय छ । मित्र एवम् मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, तर विवेकको सही प्रयोगले समस्यासँग एक्लै जुझ्न सकिनेछ । व्यवहारिक समस्याले सताउने योग छ । कामकै पछि लागेपनि परिणाम सन्तोषजनक नरहन सक्छ । आजको दिन आर्थिक लेनदेनको काम नगर्नु हितकर हुनेछ ।
कुम्भ – नियमित कर्ममा जाँगर बढ्नुका साथै प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला । पराक्रम वृद्धि र कामको सफलताले मन प्रफुल्ल रहनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।समग्रमा दिन रमाइलोको साथ बित्ने देखिन्छ ।
मीन – महत्वपूर्ण कार्यमा सफलता मिल्ने समय छ । मनमा सचद्विचार आउनाले दिन उत्साहजनक रहला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान-सम्मान पनि पाइनेछ । कृषिजन्य व्यापारबाट विशेष फाइदा हुने योग छ । दान पुण्यका कार्यमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । सुख विलासको भाव जागृत होला ।
प्रतिक्रिया