प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उनको आज (१९ चैत) निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित बोहरा विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेका जनाइएको छ ।
प्रतिक्रिया