✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र २० गते तद्अनुसार सन् २०२५ अप्रिल २ तारिख बुधबार चैत्र शुक्ल पक्षको चतुर्थी तिथि ७ः३५ पर पञ्चमी तिथि कृतिका नक्षत्र प्रीति योग बब करण आनन्दादियोगमा सिद्धि योग चन्द्रमा मेष राशिमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा भयो र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ ।
आजको राशिफल
मेष – सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने, पैत्रिक सम्पत्तिमा विवाद आउनसक्ने र विश्वासपात्रले धोका दिने सम्भावना रहेको समय छ । तथापि, व्यवसाय र कृषितर्फ लगनशीलताले महत्वपूर्ण काम बन्ने देखिन्छ । बिनाकारण आफन्तजन रुष्ट हुनसक्छन्, व्यवहारमा संयमता अपनाउनु हितकर होला । मातापिताप्रति विशेष प्रेमभाव जागृत होला । मिठो भोजन प्राप्त हुनेछ । सामाजिक क्रियाकलापमा संलग्न रही प्रतिष्ठा आर्जन गरिने योग छ ।
वृष – काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ने समय छ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । एक्लोपनको अनुभूति हुने तथा राहुको प्रभावले विवाद, धनहानी, अनावश्यक लाञ्छना जस्ता समस्या आउन सक्छन्, सजग र संयम रहनु हितकर हुनेछ । सामाजिक प्रतिष्ठामा कमी आउला । बौद्धिक कार्यमा भने प्रगति नै हुनेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । मानसम्मान पाइनेछ । तर, नसोचिएका पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र सहयोगीजनबीच असमझदारी बढ्ने सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । परोपकार र मङ्गलमय काम सम्पादन गर्नेतर्फ मन जाला । सामाजिक क्रियाकलापका लागि ब्यस्तता बढ्नेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – दिन सामान्य रहला । पढाइलेखाइ वा बौद्धिक क्रियाकलापमा प्रगति हुने समय छ । रोकिएका कामहरू सुचारु हुनेछन् । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । अतिरिक्त आम्दानी बढ्ने देखिन्छ, तर सुख–सुविधाको वस्तु खरिदमा खर्च वृद्धि होला । योजना र बजेट बनाइ आर्थिक क्रियाकलाप गर्नु बेस हुनेछ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताए पनि मिठो भोजन र रसरागमा आकर्षण रहला । विद्यार्थीहरूका लागि अनुकूल समय छ ।
सिंह – समाजसेवा तथा परोपकारका कार्यमा विशेष लगाव रहने समय छ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको योग परेको छ । आयआर्जनको कमीले ठूलो प्रगतिमा भने बाधा पुग्ने देखिन्छ । नयाँ योजनाको थालनी गर्दै हुनुहुन्छ भने अघि बढ्न सकिनेछ । आफन्तजनसँग मनमुटावको सम्भावना रहेकोले बोली र व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । आरोग्यता रहनेछ । सन्तानपक्षबाट सुख मिल्नेछ ।
कन्या – सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्नसक्ने समय छ । स्वास्थ्यमा बाधा, नियमित काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन्, सजग रहनुहोला । बाहिरी यात्रा गर्ने एवम् प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै धन कमाउने अवसर जुट्ला । यात्रागत कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
तुला – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । आफूले सामान्य ठानेको व्यक्तिको सहयोगबाट ठूलै फाइदा उठाउन सकिएला । अध्ययन तथा अध्यापन कार्यमा राम्रो प्रगति हुनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर-जग्गा जोड्ने प्रयासमा रहेकालाई अनुकुलता वृद्धि हुनेछ । विदेश अध्ययनका लागि तयारी गर्दैहुनुहुन्छ भने सफलताकारक समय छ ।
वृश्चिक – विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहेपनि रोकिएका काम बन्न थाल्ने समय छ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । परोपकार र सामाजिक काममा रुचि जागृत होला । पठनपाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्नेछ भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार-व्यवसाय विस्तारको योग छ । आरोग्यबल वृद्धि होला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा चुस्तता आउनेछ ।
धनु – शुभदायी दिन छ । सामाजिक प्रतिष्ठा बढ्नेछ, मानसम्मान पाइनेछ । विपरीतलिंगीको साथ–सहयोग र सहयोगीजनको मद्दतले विशेष कामहरू सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । साझेदारीमा फाइदा हुनेछ । स्थायी सम्पत्ति आर्जनको प्रयासले गति पाउनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।
मकर – मिश्रित फलदायी समय छ । बुद्धि-विवेकको उपयोग खासै गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने सम्भावना रहेकोले सावधानीपूर्वक कार्य-व्यवहार गर्नु हितकर हुनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । सन्तानपक्षबाट सुख मिल्नेछ । शक्तिमा अंकुश लागेपनि दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
कुम्भ – ब्यस्तता वृद्धिसँगै उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । कृषिकर्म र पशुपालनमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेलापर्ने योग छ । सामाजिक प्रतिष्ठा वा मानसम्मान पनि पाइनेछ । फलदायी यात्रा हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ख्याल राख्नु उचित हुनेछ ।
मीन – विभिन्न अवसरले पछ्याउनेछन् । आयआर्जनका नयाँ स्रोत भेटिने तथा व्यवसायमा सोचेअनुसारकै सफलता मिल्ने समय छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिएला । पराक्रम वृद्धि भइ शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिनाकारण अनेक चुनौती सामना गर्नुपरे पनि आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया