काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई नियन्त्रणमा लिएको छ ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखापरेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिनाअनुमति कसैको घरमा पस्नु गलत हो ।’
प्रतिक्रिया