बागलुङ ताराखोला-३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । बुधबार (२७ चैत) बिहान ११ बजे घरनजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।
प्रहरीले जनाएअनुसार डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
ताराखोला प्रहरीचौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेका थिए ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया