प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद


काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।

झापाको भद्रपुरबाट शुक्रबार काठमाडौं ल्याइएका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएअनुसार सोही इजलासले प्रसाईंका सुरक्षा–सहयोगी दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

राजसंस्था पुनःस्थापनाका पक्षधरहरूले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कसुरमा राप्रपाका नेताहरु रवीन्द्र मिश्र र डा. धवलशम्शेर जबरा पनि अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।