(गजल)
✍ ई. नरोत्तम श्रेष्ठ
लङ्कामा लप्कियो लासलाग्दो लौ जलला, छैन डर ।
रामको नाममा रम्यो रुद्रावल शक्ति चला, छैन डर ।
मन्त्रजप, मन्त्रबल, मन्त्रले मात्र बल भर्यो
मनग्गे मन्तरै गुञ्जियो, मग्न भयो मगला, छैन डर ।
लाल रङ्ग, लयबद्ध, लोल अङ्ग, लोचन लाल
लयले लिप्त ललित स्वर, लीन भयो लवला, छैन डर ।
गर्जिए गगनमा गाथाजस्तो गम्भीर गर्ज
घनघोर हुंकारले कँपायो कालकला, छैन डर ।
ब्रह्मले बल दिइ बनायो बजरङ्ग वीर
बाधामा बाँधिएन, बढ्दै गयो उज्याला, छैन डर ।
‘प्रेम’ले प्रकट गर्यो प्राणभित्र प्रभु प्रताप
परमेश्वर पूजा बने, पूर्ण भयो उज्ज्वला, छैन डर ।
- भानु-९, तनहुँ
प्रतिक्रिया