✍ ई. नरोत्तम श्रेष्ठ
बिरगन्ज होइन, बिरगंज होइन, बीरगँज होइन हो !
वाणी, व्रत, विश्वासको विजय उजागर वीरगञ्ज हो ।
शोभायात्रा शान्तिको शङ्खनाद स्वाभिमान
संस्कार र सभ्यताको साँचो स्वरगञ्ज हो ।
घृणाभित्र डुब्ने होइन, प्रेममा नै बग्ने शहर
सद्भाव र सहकार्यको साझा नगरगञ्ज हो ।
हिंसामा होइन साहसमा चम्किन्छ यो भूमि
शब्द-सङ्गीत शान्तिको स्वरचित स्वर्णगञ्ज हो ।
भाषा, भेष, भावनाको बहुल मेल साँचिने
विविधताको विजय धवलित सौर्यधरगञ्ज हो ।
मन्दिर मस्जिद अँगालोमा मिसिन्छन् जति
संवेदना समेटिएको संस्कृतिमा गुञ्जेको मेलगञ्ज हो ।
‘कवि’ लेख्छ वीरगञ्ज दीप र वीरको वर्ण
शुद्ध उच्चारण सँगै गौरवित गौरवगञ्ज हो ।
- भानु-९, तनहुँ (९८४१२८७२५३)
प्रतिक्रिया