अर्घाखाँची समाजद्वारा जापानमा सांगीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान

अर्घाखाँची समाजद्वारा जापानमा सांगीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान


  • जापान प्रतिनिधि

अर्घाखाँची समाज जापानले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोको ओकुबुमा आयोजित कार्यक्रममा अर्घाखाँची स्थाई घर भई हाल जापानमा रहेका अर्घाखाँचीका चेलीहरु जम्मा भई नयाँ वर्ष मनाएका हुन् । कार्यक्रममा समाजका संरक्षकहरु बाबुराम पौडेल, दीपक थापा, सल्लाहकार गणेश रायमाझी, इन्दिरा खनाल लगायतले बोल्दै समाजले स्थापनाकालदेखि नै सकरात्मक र रचनात्मक कार्यक्रम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा थप कार्यक्रम गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।

चार्ड पर्वलक्षित यस्ता कार्यक्रमले नेपालको कला, संगीत र संस्कृति नेपाली पर्व र परम्पराको विकास गर्न र नया पुस्तालाई हस्तान्तरण गर्न थप सहयोग गर्ने बताउनुभएको थियो ।

उहाँहरुले जापानमा नेपालीहरुको सङ्ख्या बढेसँगै समस्या पनि बढ्दै गएकाले आगामी कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने सुझाव दिनुभएको थियो ।

समाजका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद भुषालले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

उपाध्यक्ष टोपबहादुर घर्तीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रम महासचिव अर्जुन आचार्यले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा जापानलाई कर्मथलो बनाउँदै आउनुभएका लोकप्रिय कलाकार चेतन घर्ती मगरले आफ्नो साङ्गीतिक प्रस्तुतीमार्फत कार्यक्रमलाई संगीतमय बनाउनुभएको थियो भने इबा पौडेलले नृत्य प्रस्तुत गर्नुभयो।

सोही कार्यक्रममा जापानमै निर्माण गरिएको नयाँ साङ्गीतिक म्युजिक भिडियो तिम्रो मायाको प्रिमियर समेत गरिएको थियो गोविन्द बिष्टले निर्देशन गर्नुभएको उक्त भिडियोमा गायकगायिका सुमन केशी र दिपा लामाले स्वर भर्नुभएको छ भने कलाकारहरू इन्दिरा केसी र शिरीष गौतमले अभिनय गर्नुभएको छ ।