सुनको मूल्य तोलाको रु एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार मङ्गलबार प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज (४ वैशाख) तोलामा रु तीन हजार ६०० ले बढेर रु. एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।
प्रतिक्रिया