जोगी कैसे भोगी भइल ?!

जोगी कैसे भोगी भइल ?!


गणेशाय नमः । सरस्वत्यै नमोनम : । ज्ञानबिनाको विज्ञान एकाङ्गी । अन्धभक्त झैं विज्ञानको पछिपछि दगुर्नु राम्रो होइन । ज्ञान-विज्ञानको समन्वय गर्न सके जीवन जीवनमय हुँदो । गुगल, युट्युब, टिकटिक, ट्वीटर, इन्स्टाग्राम, फेसबुक  लगायतका  भौतिक साधनहरूले सञ्चारजगत सहज तुल्याउँदा परन्तु यी ठप्प भएमा मान्छेहरू त बहुलाउँदा हुन् ।

तीन दशक अघिसम्म मान्छेहरू पढैया थिए, जोसित नि २-४ वटा किताब हुन्थे नै । असल किताब जीवनपयोगी हुन्छ जसले मान्छेलाई अर्चाप्छ । अहिले त पठन संस्कृतिलाई मोबाइलले विस्थापन गर्दो । किताबको बिक्री न्यून । एक दुई पाना पढ्ने मान्छे नभेटिंदो । विकासी बीऊबीजनले स्थानीय जात मास्दो । मुलुक भने कृषिप्रधान, किसानले एक बोरा मल नपाउँदो । कमिसनको खेल । गणतन्त्र छ, यसलाई व्यवस्थित गर्न नसक्नाले भद्रगोल भो । बिग्रेको देशको भताभुङ्ग चाला , जस-जसले लुट्ला उस-उसले खाला  चरितार्थ हुँदो ।

कुरा गरि के साध्य ? व्यवस्थापिका, न्यायपालिका  र कार्यपालिका पृथक हुनु अत्यावश्यक । एकले अर्कालाई भाँजो नहालेकै बेस । सेना/प्रहरीको चेन अभ् कमाण्ड नखुस्काउनु पर्ने । अड्डाको ठालुलाई दलीय निर्देशन नलाद्दा राम्रो । छिमेकी मुलुकहरूसित समदुरी सम्बन्ध राख्नुपर्ने । विषयविज्ञलाई राजदूत/कुटनीतिज्ञ चयन गर्नुपर्ने । सभ्यता/अनुशासन/शिष्टाचार/नैतिकताबारे अन्तर्क्रिया गर्नुपर्ने । नेता नेता जस्तो होइन; राजनीतिज्ञ जस्तो हुनुपरो । शासन फेरिएसि नोकरशाह फेर्नुपर्ने । पचास वर्ष कटेसि अवकाश गर्नुपर्ने । कार्य सम्पादनमा कमी-कमजोरी भएमा नैतिकताको आधारमा राजिनामा दिनुपर्ने । प्रजातान्त्रिक आवधिक निर्वाचन । निष्ठाको राजनीति अपरिहार्य । संयम स्वायत्तता अनिवार्य । विदेश नीति समय सापेक्ष हुनुपर्ने । प्रादेशिक संरचना हटाउनुपर्ने । राजनीतिक पदधारीहरू राजनीति शास्त्रमा कम्तीमा स्नातक हुनुपर्ने । समानुपातिकको नाउँमा औंठाछापलाई हैन; बुद्धिजीवी/विद्वानलाई चयन गर्नुपर्ने । भ्रष्ट/भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार्नुपर्ने । भ्रष्टाचार समूल नष्ट गर्नुपर्ने । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू जनताको साझा हुने भएकोले यी पदधारीहरू दलगत नहुनुपर्ने ।

आइमाइ भन्या धर्ती हुन् : जे रोप्यो त्यही फल्छ । ऋतुमतीले (चौथो दिनमा) नुहाएसि जस्तो स्वरुप देख्छिन्; त्यस्तै सन्तान जन्मिन्छ । परस्त्री वा परपुरुषले साक्षी बिना बात मारेमा बात लाग्छ । शैतानले अर्काको निन्दा गर्छ । साँझ/राती पराइघर जाने र जमानी बस्ने काम घटिया । भुँदो खाल्टो खन्छ आफै पर्छ । परिवारप्रति सन्तुष्ट हुन सके आपद् व्यहोर्नु नपर्ने । स्त्री प्रशन्न हुँदा स्वर्गानुभूति । नारी शक्ति अपरिमेय । गुदी नभएको पढाइ; सिपहीन मनुवा उत्पादन गर्दो । अब्राहम लिंकन जस्तो अभिभावक भेट्न मुश्किल ।

बोलेर मात्र हुन्न; काम गरेर देखाउनु पर्छ । देवत्वकरण र शक्ति पूजा हानीकारक । सत्यमेव जयते । अजम्बरी मेडिकल माफियाले संसार ध्वस्ताउँदो ।

सनातन धर्मको ओज घट्नुमा पण्डितहरूको नि हात छ । पुराण उही छ किन्तु पण्डितपिच्छे व्याख्या फरक-फरक । कलि सुनमा बसेर मतिभ्रष्ट पार्दिने कुरोमा (राजा परीक्षितको कथा) एक जना पण्डितले श्रोतालाई खुसी बनाउन सुकर्मबाट कमाएको सुनमा कलि नबस्ने तर कुकर्मबाट कमाएको सुनमा कलि बस्ने भन्दिए ! सुन त सुन हो नि ।

मान्छे कसरी गृहस्थको चक्करमा पर्छ भन्ने बारे एउटा कथा प्रस्तुतित छ । एक जना जोगीले गीता (पुस्तक) मुसोले खाइदियो भनेर बिरालो पालेछ । बिरालोलाई दुध चाहिएसि गाई पालेछ । गाई पालेसि घाँसपानी खुवाउन र भकारसकार फाल्न एक जनी आइमाई भर्ना गरेछ । रहँदा बस्दा जोगीले आइमाईसित मायापिर्ती गाँसेछ । दुई वर्षपछि छोरो जन्म्यो । उसकी जोइ घाँस काट्न गएको बेला छोरोले दिसा गरेछ । उसले दिसा धोएको देखेर अर्को जोगीले सोधेछ, ‘क्या कर रहे हो ?’ प्रत्युत्तरमा उसले भनेछ- ‘गीताके पिता धो रहा हूँ ।’ गीताको किताब जोगाउन खोज्दा जोगी भोगी भो । त्यसैले त भनिन्छ नि – Life is beautiful. जति पोयो बाँटे नि गाँठो एउटै । बाउसे सकियो । आजलाई मैजारो । अस्तु