नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित हुनुभएको छ ।
सङ्घको गएराति सम्पन्न दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कर्माचार्य देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
यस्तै, सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर र अर्जुन रानाभाट, खुला उपाध्यक्षमा शरद् अधिकारीलगायत पाँच जना चयन हुनुभएको छ ।
यसैगरी, प्रदेश उपाध्यक्षहरूमा विष्णु खड्कासहित सात जना, महासचिवमा केदारनाथ पौडेल, कोषाध्यक्षमा राजेन्द्रविक्रम बानियाँ लगायत ५१ सदस्यीय कार्यसमिति चयन भएको हो ।
विसं २०७२ मा स्थापना भएको सङ्घको वैशाख १० र ११ गते सञ्चालित महाधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया