सुनको मूल्य तोलामा रू. एक हजार घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज (१२ वैशाख) रू एक लाख ८९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया